काठमाडौँ । न्यूजिल्याण्डका तिब्र गतिका बलर लोकी फर्गुसन खुट्टाको मांसपेशीमा तनावका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएका छन् ।
उनको स्थानमा काइल जेमिसनलाई मौका दिइएको छ । च्याम्पियन्स ट्रफीको उद्घाटन खेलमा न्यूजिल्याण्डले बुधबार १९ फेब्रुअरीमा पाकिस्तानसँग खेल्ने छ ।
यस्तो अवस्थामा फर्गुसनको अन्तिम क्षणमा प्रतियोगिताबाट बाहिरिनु टोलीका लागि ठूलो झट्का हो ।
दायाँ हाते फास्ट बलर फर्गुसन १० दिनअघि युएई लिग आईएलटी २० को खेलमा घाइते भएका थिए । उनको मांसपेशीमा दुखाई भएको थियो ।
फर्गुसनलाई च्याम्पियन्स ट्रफीका लागि न्यूजिल्याण्डको टोलीमा समावेश गरिएको थियो । उनी न्यूजिल्याण्डको केन्द्रीय सम्झौताबाट बाहिर छन् । उनले सन् २०२३ को एकदिवसीय विश्वकपपछि न्यूजिल्याण्डका लागि कुनै एकदिवसीय खेल खेलेका छैनन् ।










