४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘कोभिड १९’ बाट विश्वमा आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु

‘कोभिड १९’ बाट  विश्वमा आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु
अ+ अ-

काठमाडौं । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ७५ हजार  ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।  

भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । 

रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ । 

पेरुमा ६ लाख ७० हजार १४५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार ८८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ४०५ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ४१ हजार ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार  १५१ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ६१८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख  ३३ हजार १५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५४ हजार ८८७ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ५६३ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख १६ हजार ८९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ३० हजार २८७ कोरोना भाइरस मुक्त भएका छन्  भने ६६ हजार  ३२९ जनाको मृत्यु भएको छ । 

स्पेनमा ४ लाख  ८८ हजार  ५१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार २३४ जनाको मृत्यु भएको छ । 
अर्जेन्टिना ४ लाख ५१ हजार १९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख २२ हजार  ४६१ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार  ३६१ जनाको मृत्यु भएको छ ।