• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

कर्फ्यूपछि ललितपुर जे देखियो, हेरौ यी तस्बिरहरु



काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कफ्र्यु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । 

कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कफ्र्यु आदेश जारी भएको छ । आज विहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो । 

हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कफ्र्यु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ । त्यहाँ सुरक्षा चेकजाँचमा पनि कडाई गरिएको छ । त्यसो त उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कफ्र्यु आदेश जारी गरिएको हो । 

ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कफ्र्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै बाधा पर्ने छैन ।