१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

‘नेपाल प्रहरी विधेयक’ प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी छः पूर्वप्रहरी महानिरीक्षक अर्याल

‘नेपाल प्रहरी विधेयक’ प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी छः पूर्वप्रहरी महानिरीक्षक अर्याल
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालले प्रश्तावित नेपाल प्रहरी विधेयक वि।स। २०१२ सालमा बनेको प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी रहेको टिप्पणी गर्नुभएको छ ।

सोमवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । विधेयकमा धेरै कुराहरु सुधार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले २०१२ सालमा बनेको प्रहरी ऐन समेत भारतको सहयोग लिएर बनाइएको बताउनु भयो । उहाँले प्रश्ताविक विधेयक प्रहरीलाई कार्यात्मक स्वायत्तता दिई जवाफदेही हुने गरी ल्याउनुपर्ने बताउनु भयो । उहाँले प्रहरीको परिचालन समेत प्रहरीलाई नदिई अन्य निकायलाई दिने प्रश्ताव गरिएको आपत्ति जनाउनु भयो । प्रहरी परिचालनका लागि समेत अर्काको मुख ताक्ने व्यवस्था भए संगठनले जिम्मेवार ढंगले काम गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी विधेयकमा सुधार गर्नुपर्ने चाँही धेरै कुराहरु छन् । नेपालको २०१२ सालको ऐन भन्दापनि त्यो भारतको ऐनबाट प्रभावित भएर आयो । किनभने बुस्ट कमिसनको आधारमा प्रशासनिक र प्रहरी व्यवस्था उतैबाट सहयोग लिएर त्यो ऐन बनेको हो । तर २०१२ सालको ऐनभन्दा पनि प्रश्ताविक विधेयक अझै प्रतिगामी र नियन्त्रणमुखी भएर आयो । त्यसकारण कार्यात्मक स्वायत्तता भएर काम गर्नसक्ने र जवाफदेही पनि हुने गरि ल्याउनुपवर्छ । प्रहरीलाई जिम्मेवारी पनि तोकिनुपर्र्यो । यसमा त प्रहरी परिचालन समेत प्रहरीले नभई अरु कसैले गर्ने भनेर राखियो । त्यरि प्रहरी परिचालनका लागि पनि भोलिको दिनमा अरुको मुख ताक्नुपर्ने भयो भनेपछि त प्रहरीले जवाफदेही भएर काम गर्न सक्दैन । त्यसकारण यी कुराहरुमा सुधार गर्नुपर्छ भन्ने हाम्रो सोच हो ।’

नेपाल सरकारका पूर्वसचिव गोविन्द कुसुमले विधेयकको प्रश्तावनालाई समयानुकुल बनाउनुपर्ने बताउनु भयो । उहाँले प्रहरी परिचालनको जिम्मेवारी नेपाल सरकारलाई दिने प्रश्ताव गरिएको भन्दै यो विषय कति औचित्यपूर्ण हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रहरी नियन्त्रणको व्यवस्था पहिलेदेखि नै नियमावलीमा राखिएको कारण ऐनमा ल्याउँदैमा फरक नपर्ने उहाँको भनाइ छ । उहाँले प्रहरीका महानिरीक्षकको काम कारबाहीमा लगाउन नपाइने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा त विधेयकको प्रश्तावनालाई अलि समयअुनुकुल बनाउनुपर्छ । प्रहरी जनउत्तरदायि हुनुपर्छ भन्ने कुरा पनि विधेयकमा राख्नुपर्छ । दोस्रो, प्रहरी परिचालनको जिम्मेवारी नेपाल सरकार मन्त्रिपरिषद् भनेर भनियो । त्यो विषय कति औचित्यपूर्ण हुन्छ । तेस्रो नेपाल प्रहरीको गठनमा उसले खरिद गर्ने सामानहरु हतिरयार खरखरानाहरु नेपाल सरकारले उपलब्ध गराउने भन्छ । गठनमा त्यो कुराहरु राख्नु हुदैन । प्रहरीको नियन्त्रणको व्यवस्था नियमावलीमा पहिले देखि नै व्यवस्था छ । त्यो निवमावलीमा भएको व्यवस्थााई ऐनमा ल्याएको हो । अब यसलाई ठूलो रुपमा पनि बुझ्नु हँुदैन । तर नियन्त्रण भन्ने कुरा के हो भनेर त्यसलाई परिभाषित गरिदिनुप¥यो । त्यति गरेपछि समस्या समाधान हुन्छ । प्रहरी महानिरीक्षकको कामकारबाहीबारे माथि बाट नै अंकुश लगाउने कुरा होइन । महानिरीक्षकले कार्यात्मक स्वायत्तता पाउनुपर्छ । अर्को न्याय निरुपणका कुराहरु अदालतबाटै हुनुपर्छ ।’

विधेयकमा प्रश्ताव गरिएको नियन्त्रण शब्दको स्पष्ट व्याख्या गर्नुपर्ने उहाँको माग छ ।