१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी

देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी
अ अ+ अ-

काठमाडौँ । देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु अहिले पनि रहेको बताउनु भयो । उहाँले उजुरीहरुलाई फस्र्यौट गर्ने कुरामा मन्त्रायले तिब्रताका साथ कम गरिरहेको बताउनु भयो । त्यस्तै सहकारी ठगीका मुद्दा आ।व।०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा दर्ता भएको बताउनु भयो । उहाँले ४३ जना पक्राउ पर्नुका साथै ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको बताउनु भयो । सहकारी सम्बन्धि मुद्दामा ३५० जना मानिस फरार रहेको बताउनु भयो । मन्त्रालयले बेरुजु फस्र्यौटलाई शुन्य बनाउन काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बेरुजु फस्र्यौटलाई अहिले मान्य मन्त्रीज्युले बेरुजु लामो समय राख्नुहुन्न भन्ने निर्देशन छ । त्यही निर्देशनअनुसार काम साथीहरुले गरिरहनुभएको छ । अहिलेसम्म ५० प्रतिशत यो वर्ष बेरुजु फस्र्यौट भएको छ । यसलाई अब जिरो बनाउने भन्ने छ । अहिले पनि हामीसँग २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरीहरु छन् । यि उजुरीहरुलाई सर्टिङ गर्नेकुरालाई तिब्रता दिने भनेर अहिले मान्य मन्त्रीज्यु, श्रीमान सचिवज्यु र प्रहरी महानिरीक्षकज्युहरु लागिरहनुभएको छ । ०७९/०८० मा ११ अर्ब बिगो दाबी गरेर ९३ वटा मुद्दा विभिन्न जिल्लामा सहकारी ठगीका छन् । २०८ जना पक्राउ परेका थिए भने ५५३ जना फरार थिए । ०८०/८१ मा पनि १०१ मुद्दा दर्ता भएका छन् । २९४ जना मानिस पक्राउ परेका छन् । ८७० भन्दा बढीप्रति अभियोजना गरिएको छ । ११ अर्ब ६८ करोड भन्दा बढी रकम माग दाबी गरिएको छ । ०८१/०८२ को माघ २४ गतेसम्म ४८ वटा मुद्दा दर्ता भएका छन् । ४३ जना पक्राउ परेका छन् । ३५० जना मानिस फरार छन् । ५ अर्ब भन्दा बढीको बिगो रकम माग दाबी गरिएको छ ।’

उहाँले सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, साइबर अपराधका घटनाहरु अत्याधिक बढेको र सरकारले नियन्त्रणका लागि काम गरिरहेको बताउनु भयो ।