५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिसा घटनालाई सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा एक नेपाली छात्रा हेस्टेलमा मृत भेटिएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालिएको घटनाबारे सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले उक्त घटना मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको जनाउँदै यसबारे कुटनीतिक तवरले बुझिएको जनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ–
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।

भारतको उडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी थिइन् ।

उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएकी हुन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उक्त कलेजमा २ सय भन्दा बढी नेपाली विद्यार्थाीहरु अध्ययनरत छन् ।

यो पनिः भारतको उडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु, छानबिन माग गर्दा २०० बढी नेपाली बिद्यार्थी निकालिए