१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै अवसर छ भनेर हिसावले युवा पुस्ता अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको बताउनु भयो । उहाँले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने बताउनु भयो । उहाँले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताउनु भयो । उहाँले कुनैपनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्नका लागि नेपालमा स्वतन्त्रता रहेको महशुस गरेर देश विकासमा लाग्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘धेरै कुरा गर्नु भन्दा पनि खास गरेर अहिलेको जेनेरेसनमा कस्तो छ भने ट्रेण्ड यो नेपालमा बसेर के हुन्छ रु भन्नेकुरा छ । यो नेगेटिभ म्यासेजको कुराले भइरहेको हो । हामी पढ्दा र अहिले अपच्र्युनिटीज छ । फ्रिडम छ । अघि बढ्न एजुकेशन, अर्ट एण्ड कल्चर, बिजनेस गर्न अवसर छ । यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसावले लाग्नुस् ।’

उपप्रधानमन्त्री सिंहले कुनैपनि देशहरु हजारौँ वर्षको मेहनत र परिश्रमबाट नै विकासित हुने बताउनु भयो । –