१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’

युवालाई राजेश हमालका सुझावः खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ

युवालाई राजेश हमालका सुझावः खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ
अ अ+ अ-

काठमाडौँ । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरुलाई सुझाव दिनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गर्नुभयो । उहाँले आफ्नो खुबीको पहिचान गरी अघि बढ्नसके हरेक मानिस सफल हुने बताउनु भयो । उहाँले युवावस्थामा मेहनत गरी प्रतिफल पाउन नसकिने बताउनु भयो । उहाँले क्षमता र अवसर पाए गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पु¥याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ । कुनैपनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसको लागि मेहनत गर्नुपर्छ । कुनैपनि कुरा गर्दा मेहनत नगरी सम्भव हुँदैन । गर्ने क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैँ उदाहरण बन्नुहुनेछ । यहाँहरु भोलि कुनैपनि क्षेत्रमा लाग्न चाहनुभयो । आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरु उजाृ, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला । आफ्नो प्यासनमा लागि पर्नुस् । त्यसलाई परिष्कृत गर्नुस् ।’

अभिनेता हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरु गर्न सकिने बताउनु भयो । उहाँले आफ्नो जीवन विकास र भविष्य निर्माणका लागि हरेक समयमा सक्रिय हुनुपर्ने बताउनु भयो ।