२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा रहेका अवैध भारतीय आप्रवासीहरूको तेस्रो समूह उत्तरी भारतमा अवतरण



Representative photo
अ+ अ-

एजेन्सी । एक सय १२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसरको विमानस्थलमा अवतरण गरेको अधिकारीहरूले सोमबार बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीहरू विरुद्धको अभियानको एक हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट निर्वासित भारतीयहरूको यो तेस्रो समूह हो ।

अधिकारीहरूका अनुसार सी–१७ अमेरिकी सैन्य विमान आइतबार राति अमृतसर विमानस्थलमा अवतरण गरेको थियो ।

आप्रवासन, प्रमाणीकरण र पृष्ठभूमि जाँचसहित सबै औपचारिकता पूरा गरेपछि निर्वासितहरूलाई आफ्नो घर जान अनुमति दिइने अधिकारीहरूले बताए ।

शनिबार राति एउटा अमेरिकी सैन्य विमानले एक सय १६ भारतीय आप्रवासीलाई अमृतसर ल्याएको थियो । यसअघि फेब्रुअरी ५ मा एक सय चार भारतीयलाई संयुक्त राज्य अमेरिकाबाट फिर्ता पठाइएको थियो ।

दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै ट्रम्पले अवैध आप्रवासीहरू विरुद्ध व्यापक कारबाही सुरु गर्नुभएको छ ।

गत हप्ता संयुक्त राज्य अमेरिकामा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना कुनै पनि नागरिकलाई फिर्ता लिने बताउनुभएको थियो ।