४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबल च्याम्पियनसिप खेल्न स्वदेश आईपुगिन् ‘साम्बा’



अ+ अ-

काठमाडौँ । महिला फुटबल टोलिका फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ स्वदेश फर्किएकी छन् ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपालका प्रमुख खेलाडी साम्बा सोमबार बिहान काठमाडौँ आईपुगेकी हुन् ।

फ्रान्सको पेरिसबाट स्वदेश आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन् ।

साम्बाले फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।

साम्बाले आजको खेल खेल्ने सम्भावना भने न्युन रहेको छ । उनलाई आजको खेलमा विश्राम दिइने प्रशिक्षक राजेन्द्र तामाङको तयारी छ ।

नेपालले पहिलो खेल आज किर्गिस्तानसँग खेल्नेछ । यो खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ । यसअघि आजै म्यान्मार र लेबनानबीच दिउँसो २ बजेदेखि खेल हुने तालिका रहेको छ ।

काठमाडौँमा फेब्रुअरी २६ सम्म हुने यस प्रतियोगितामा नेपालसहित म्यान्मार, लेबनान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।