३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन



अ+ अ-

काठमाडौं । “१०औं नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता २०२५”को उपाधी हिमालयन क्रिकेट एकेडेमीले जितेको छ । माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा १२ क्लबस्तरीय क्रिकेट टोली सहभागी भएका थिए । प्रतियोगितामा एन्जल्स स्पोर्ट्स एकेडेमीले उपविजेता भयो ।

बिजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले ट्रफी प्रदान गर्नुभयो ।कार्यक्रममानेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली , चीनका राजदूत चेन सङ, इसिमोडका महानिर्देशक डा. पेमा ग्यात्सो, बंगलादेश दूतावासका कार्यवाहक प्रमुख हुमायुन कबीर, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी, नेपाल–पाकिस्तानमैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मञ्जुरत्न शाक्य, केटु एभरेस्ट सोसाइटीका अध्यक्ष रवि राज शाहीलगायत उपस्थिति रहेको थियो।

कार्यक्रममा राखेप उपाध्यक्ष आचार्यले पाकिस्तान दूतावासलाई सफलतापूर्वक प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्दै यो खेलकुद कार्यक्रम अब काठमाडौंको नियमित खेलकुद क्यालेन्डरमा स्थापित भइसकेको बताउनुभयो। उहाँले प्रतियोगिताले नेपालका उदीयमान क्रिकेट खेलाडीहरूलाई अवसर प्रदान गरेको उल्लेख गर्नुभयो।

नेपालका लागि पाकिस्तानका राजदूत हाशमीले भविष्यमा पनि नेपाल र पाकिस्तानका युवाहरूलाई नजिक ल्याउने यस्ता कार्यक्रमहरू आयोजना गरिरहने प्रतिवद्धता जनाउनुभयो। उहाँले विजेता टिमलाई बधाई दिँदै, प्रतियोगिताका सहभागी टिमहरू, प्रमुख अतिथि, विशेष अतिथि तथा दर्शकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, हिमालयन बैंक लिमिटेड र आईएमई ग्लोबल बैंकलाई कार्यक्रमलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो।