१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन



अ+ अ-

काठमाडौं । “१०औं नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता २०२५”को उपाधी हिमालयन क्रिकेट एकेडेमीले जितेको छ । माघ २६ गतेबाट सुरु भएको प्रतियोगितामा १२ क्लबस्तरीय क्रिकेट टोली सहभागी भएका थिए । प्रतियोगितामा एन्जल्स स्पोर्ट्स एकेडेमीले उपविजेता भयो ।

बिजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले ट्रफी प्रदान गर्नुभयो ।कार्यक्रममानेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एल्गेबाली , चीनका राजदूत चेन सङ, इसिमोडका महानिर्देशक डा. पेमा ग्यात्सो, बंगलादेश दूतावासका कार्यवाहक प्रमुख हुमायुन कबीर, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी, नेपाल–पाकिस्तानमैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मञ्जुरत्न शाक्य, केटु एभरेस्ट सोसाइटीका अध्यक्ष रवि राज शाहीलगायत उपस्थिति रहेको थियो।

कार्यक्रममा राखेप उपाध्यक्ष आचार्यले पाकिस्तान दूतावासलाई सफलतापूर्वक प्रतियोगिता आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्दै यो खेलकुद कार्यक्रम अब काठमाडौंको नियमित खेलकुद क्यालेन्डरमा स्थापित भइसकेको बताउनुभयो। उहाँले प्रतियोगिताले नेपालका उदीयमान क्रिकेट खेलाडीहरूलाई अवसर प्रदान गरेको उल्लेख गर्नुभयो।

नेपालका लागि पाकिस्तानका राजदूत हाशमीले भविष्यमा पनि नेपाल र पाकिस्तानका युवाहरूलाई नजिक ल्याउने यस्ता कार्यक्रमहरू आयोजना गरिरहने प्रतिवद्धता जनाउनुभयो। उहाँले विजेता टिमलाई बधाई दिँदै, प्रतियोगिताका सहभागी टिमहरू, प्रमुख अतिथि, विशेष अतिथि तथा दर्शकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, हिमालयन बैंक लिमिटेड र आईएमई ग्लोबल बैंकलाई कार्यक्रमलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो।