१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सांसद शाहीलाई सुझावः ‘मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद नारायणदत्त मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाउनुभएको छ ।

आईतवारको सभाको बैठकमा बोल्दै प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखेको बताउनुभएको हो । उहाँले वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा धेरै भएको बताउनु भयो । उहाँले बाँचेको खण्डमा तपाईं पनि वृद्ध हुनुहुन्छ भन्दै मुखारविन्दबाट बोल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म खेद प्रकट गर्दछु । प्रतिनिधि सभामा भन्न नसकेर एक जना सांसदले फेसबुकमा नै ओकलेछन् । राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र रु वृद्धाश्रममा जानुपर्ने बाजेहरु राष्ट्रिय सभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नपढिकनै पास गरेका छन् भनि तथानाम सरापेका छन् । विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ । यहाँ कुरा विधेयकमा ल्याएर तथानाम भनेपनि प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखिएको स्पष्ट हुन्छ । किनभने वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा ज्यादा उमेरका छन् । सांसदज्यु बाच्यो भने तपाईंहरु पनि बुढो हुनेकुरा निश्चित छ । बुढो हुनुमा हामीलाई गर्व छ, किनभने हामी बाँचेका छौँ । अनुरोध छ, मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ । सत्यं ब्रुयात, पियं ब्रुयात न ब्रियात सत्यमा प्रियं ।’

उहाँले वृद्ध हुनुमा आफूहरुलाई गर्व रहेको बताउनु भयो ।