३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्विडेनमाथि फ्रान्सको जित



अ+ अ-

पेरिस । केयलिन एमबापेले उत्कृष्ट गोल गरेपछि विश्व च्याम्पियन फ्रान्सले नेसन्स लिगमा स्विडेनमाथि शनिबार १–० को जित निकालेको छ । पीएसजीका २१ वर्षीय एमबापेले खेलको ४१ औं मिनेटमा स्विडेनका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरे ।

शनिबारका खेलमा इंग्ल्यान्ड र पोर्चुगल पनि विजयी रहे । इन्जुरी समयको पहिलो मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीबाट गोल गरेपछि इंग्ल्यान्डले आइसल्यान्डलाई १–० ले हरायो ।

खेलको अन्त्यमा दुवै टिम १०–१० खेलाडीमा सीमित थिए । क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रेको पोर्चुगलले भने क्रोएसियालाई सजिलै ४–१ ले हरायो ।