• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

समस्यामा परेका नागरिहरुलाई निःशुल्क खाना वितरण, हेरौ तस्विरहरु



काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ ।

कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो । दैनिक खाद्य वस्तुको अभावमा भोकले पिडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौँको विभिन्न स्थानहरुमा खाना वितरण भइरहेको परिषद्की कार्य समिति सदस्य निता पौडेलले बताउनुभयो । संक्रमणको जोखिमका कारण एकै ठाउँमा भेला हुन नदिएर तयारी खाना वितरण गरी भिडभाड नहुने गरी खान भनिएको छ । 

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउन र त्यसबाट सिर्जना भएको आर्थिक संकटले समस्यामा परेकाहरुलाई खाना खुवाइएको उहाँले बताउनुभयो । भदौ १९ गतेबाट संस्थाले खाना खुवाइरहेको छ । 

आज काठमाडौंको हात्तिगौडामा मानव अधिकारका लागि महिलासमूहले पनि दाल चामल र नुन वितरण गरेको छ । कोरोनाले समस्यामा परेका नागरिहरुलाई समूहले खाद्यान्नका सामग्री वितरण गरेको हो ।