१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलहरुको बैठकपछि गृहमन्त्रीः अध्यादेशहरु छिटै पारित हुन्छन्



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताउनुभएको छ । फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताउनुभएको हो ।

उहाँले सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गर्नुभयो ।

उहाँले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरु सहमत रहेको बताउनु भयो । भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै राजनीतिक दलहरुबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताउनु भयो । सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरु पारित गर्ने बारेमा शनिवार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भएका छन् । ति अध्यादेशहरु संघीय संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ । अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन् । मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । सकारात्मक रुपले निस्कर्षमा पुगेको छ ।

अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ, सबै राजनीतिक दलहरु हामी सहमत भएका छौँ । यो प्रक्रिया चाँडै अघि बढ्छ । राष्ट्रिय सभामा पनि बहुमत पुग्नेगरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिष्थापन गर्नैपर्छ । अहिले हाम्रा बीचमा जुन अध्यादेशमा सहमति भएको छ, ति अध्यादेशहरु अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेशमा प्रतिष्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताउनु भयो । संविधान संशोधन सबै राजनीतिक दलहरुसँग संवाद, सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।