१० भाद्र २०८३, बुधबार
,
Latest
कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरुङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा प्रकट गरेको हो । सिङ्गापुुर सरकारको स्वामित्वमा रहेको विश्वव्यापी लगानीसम्बन्धी निकाय तेमासेकअन्तर्गतको उक्त कम्पनीले हाल नेपालमा कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने क्रममा नेपालले विश्वका प्रतिष्ठित लगानीकर्तासँग सहयोग र सहकार्यका लागि आवश्यक सहजीकरणको वातावरण सृजना गर्ने बताउनुुभयो ।

सिङ्गापुर विश्वमै छिटो विकास भएको मुलुुकमा पर्ने जनाउँदै उहाँले सर्वना समूहको अनुुभव र विज्ञता नेपालको विकास र उन्नतिका लागि उपयोगी हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पैसाले मात्रै विकास नहुने तर पैसा आर्जनका लागि विकास आवश्यक भएकामा आफूूहरु स्पष्ट रहेकाले नेपाललाई विकसित बनाउने अठोटका साथ लागिरहेको जनाउनुुभयो । “म सरकारलाई वास्तविकरुपमा जनताको सरकारका रुपमा विकसित गर्न चाहान्छुु । हामी भ्रष्टाचारका लागि कुनै काम गर्दैनौँ । देशलाई विकसित र जनतालाई सुखी बनाउनका लागि काम गर्छाैँ ।’’ प्रधानमन्त्री ओलीले भन्नुुभयो, “तपाईँहरुजस्ता विश्वव्यापी संस्थालाई लगानी विस्तार गर्नका लागि के कस्तो कानुनी र संरचनात्मक परिवर्तन आवश्यक छ, त्यो गर्न सरकारका तर्फबाट हामी तयार हुनेछौँ ।’’

भेटका अवसरमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सर्वना ग्रुपका प्रशासकीय प्रमुख सु मिन, नेकपा (एमाले) को केन्द्रीय सहरी विकास विभाग प्रमुख शेरबहादुर तामाङ, सर्वना ग्रुपका दक्षिण एसिया प्रमुख अभिनास मिश्रा, नेपाल प्रमुख विलास कोइरालालगायत सहभागी हुनुहुुन्थ्यो ।