४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फ्रिस्टाइल रेस्लिङ खेलाडी प्रशिक्षणका लागि भारत प्रस्थान



अ+ अ-

काठमाडौँ । भारतमा विशेष प्रशिक्षणका लागि जाने नेपाली फ्रिस्टाइल रेस्लिङ खेलाडीलाई बिदाइ गरिएको छ ।

सङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाश कुमार कुसारी, नेपाल कुस्ती सङ्घका सल्लाहकार रमाजान मिया र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमलाले टोलिलाई बिदाइ गरेका हुन् । कार्यक्रममा सङ्घका उपाध्यक्ष निर्मल सिग्देल, सङ्घका पदाधिकारी तथा खेलाडीहरूको उपस्थिति थियो ।

मुख्य प्रशिक्षक मुमताज अलि इद्रिसीको नेतृत्वमा जाने ८ सदस्सीय सोमवार त्यस तर्फ प्रस्थान गर्नेछ । ६ जना नेपाली राष्ट्रिय टोलीका सदस्यहरूले नन्दी नगरमा विशेष प्रशिक्षण गर्ने छन् ।

खेलाडीहरूमा सुरेश चुनारा, सुशीला चन्द, मनीषा सिंह, हेमा भट्ट, राम किशोर र सुजित कुमार यादव छन् । भारतीय प्रशिक्षक र ममताजसँग सहकार्य गर्दै राष्ट्रिय टिमका सहायक प्रशिक्षक सञ्जय कुमार यादवले पनि प्रशिक्षण गर्ने छन् ।

सो अवसरमा नेपालमा एक साता रेस्लिङ प्रशिक्षण गर्न आएकी बङ्गलादेशकी तान्जिना मिटुलाई स्वागत पनि गरिएको छ ।