• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

भारतले लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक: कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले  भारतले नेपाली भूमी लिपुलेकमा  सडक निर्माण गर्नु आपत्तिजनक भएको जनाएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै सडक निर्माण रोक्न माग गर्नुभएको हो ।

बिज्ञप्तिमा भनिएको छ लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो । नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।

बिज्ञप्तिमा भनिएको छ नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रहि आएको छ । यस अर्थमा सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।

बिज्ञप्तिको पूर्ण पाठ