काठमाडौँ । काठमाडौंबाट ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमा ग्यास लिक भएको छ ।
शुक्रबार काठमाडौंबाट त्रिशूली जानेक्रममा धादिङको धुनीवेशी नगरपालिका–९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो ।
नुवाकोटको चिस्यान केन्द्रका लागि उक्त एमोनिया ग्यास लगिँदै थियो ।
बाटोमा ग्यास लिक भएपछि सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द गरिएको थियो । कुनै क्षति नहोस् भनेर दमकलले ‘फोम’ प्रयोग गरेको छ । गाडीमा एमोनियाको १७ वटा सिलिन्डर रहेको छ ।










