काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत २ किलो भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेको छ ।
बा प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो ।
मोटरसाइकल चालक त्रिशुलीमा खसेर वेपत्ता भएका छन् । उनको खोजि कार्य जारी छ ।
मोटरसाइकल सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो । मोटरसाइकल सडकको छेउमै रहेको छ ।
बेपत्ता हुनेमा लमजुङ चन्द्रेश्वर–३ का रोहित राना रहेका छन् । उनी भारतीय सेनामा कार्यरत रहेको खुलेको छ ।










