२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

थुनामा रहेका व्यक्तिको मृत्यु

थुनामा रहेका व्यक्तिको मृत्यु
सांकेतिक तस्बिर
अ अ+ अ-

अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदीे रामप्रसाद पाण्डेको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिनुभयो ।

मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिबार साँझ उहाँको शरीर एक्कासी सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । पाण्डेको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो ।