२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्षमाथि प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुको चेतावनी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुले अस्कल क्याम्पस मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष प्रकाश बयकमाथि प्रहरीले कुटपिट गरेको भन्दै घटनाप्रति आपत्ति जनाएको छ ।

सङ्गठनका अध्यक्ष समिक बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष माथि भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाल प्रहरीले गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको बताउँदै उनले यो घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाही गर्न समेत माग गरेका छन् । अन्यथा यस किसिमका गतिविधि विरुद्ध संगठन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

बुधबार राति अन्दाजी ७ बजेतिर नेपाल प्रहरीको प्रतिनिधि हुँ भन्दै दरबारमार्ग वृत्तको प्रहरीले अस्कल होस्टल बाहिर बोलाई उठाएर लगी टोखा पुर्‍याएर विभिन्न आरोपमा मुद्दा लगाउँछु भन्दै धम्की दिँदै नाक, मुख, आँखा सुन्निने गरी कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।