१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा



अ+ अ-

काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने आईक्यू एअरको अनुसार काठमाडौँको वायु प्रदूषण १९६ एक्यूआई छ ।

पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित शहरको पहिलो स्थानमा छ । यस्तै मङ्गोलियाको उलानवातार १९६ एक्यूआईसहित तेस्रो स्थानमा रहँदा चिनको वुहान चार र पाकिस्तानको लाहोर पाँचौ स्थानमा छ ।

त्यस्तै, नेपालको अर्को पर्टकीय शहर पोखरा पनि रेड जोनमा परेको छ । पोखराको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको वातावरण विभागले जनाएको छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।