४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – न्यायाधीश

असान्जको सुपुर्दगी सुनुवाई ढिलो गर्न सकिन्न – न्यायाधीश
अ+ अ-

लन्डन । बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाईमा ढिलाई गर्न उहाँका वकीलहरुले गरेको अनुरोधलाई अस्वीकार गर्नु भएको छ ।

अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकाले ४९ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिका सुपुर्दगी गराउन चाहेको छ । 

हाल बेलायतमा प्रहरी हिरासतमा रहनु भएका असान्जलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भन्ने बारेमा महिनौंदेखि अदालतमा बहस जारी छ । 

असान्जमाथि अमेरिकामा गुप्तचर सम्बन्धी १८ वटा मुद्दा लागेका छन् । साथै विकिलिक्समाथि अमेरिकी सेनाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप पनि छ । यदि असान्जमाथिका आरोपमा दोषी ठहरिए उहाँमाथि १७५ वर्षको जेलसजाय हुनेछ ।

असान्जका वकीलहरुले उहाँमाथिका आरोपहरु राजनीतिक प्रेरित र शक्तिको दुरुपयोग रहेको बताएका छन् । असान्जको मुद्दामा उहाँलाई दोषी ठहर गरिए विश्वभर प्रेस स्वतन्त्रता संकटमा पर्ने र पत्रकारहरुमाथि जोखिम बढ्ने भन्दै बहसहरु भइरहेका छन् । 

कोरोनाभाइरस महामारीका कारण अदालतको सुनुवाई महिनौंदेखि रोकिएको छ । 

बेलायती कारागारमा १६ महिना बिताइसक्नु भएका असान्जलाई सुनुवाईका क्रममा ओल्ड बेली फौजदारी अदालतमा उपस्थित गराइएको थियो । अदालतमा उहाँले अमेरिकी सुपुर्दगीको मागलाई अस्वीकार गर्नु भएको थियो । असान्जका वकीलहरुले उहाँ शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेको जिकिर गरेका थिए ।

अमेरिकी अधिकारीहरुले असान्जले अमेरिकी सैनिक गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई प्रयोग गरेर पेन्टागनको कम्प्युटर ह्याक गरेको दाबी गरेका छन् । 

असान्जका वकीलहरुले अमेरिकी संविधानको “प्रथम संशोधन” का आधारमा उहाँलाई संरक्षण प्राप्त हुनुपर्ने जिकिर गरेका छन् । उनीहरुको भनाईमा विकिलिक्समार्फत सार्वजनिक दस्तावेजले अमेरिकी सैनिकका गलत कार्यहरुको भण्डाफोर गरेको थियो । 

विकिलिक्सले सार्वजनिक गरेको फाइलमध्ये सन् २००७ को एउटा भिडियो पनि समावेश छ जसमा बग्दादमा अमेरिकी सेनाले अपाचे हेलिकप्टरबाट गरेको आक्रमणबाट दुई जना रोयटर्सका पत्रकार समेत ११ जना निर्दोश व्यक्तिको मृत्यु भएको देखिएको छ ।

पत्रकारहरुका संघसंस्था एवं मानव अधिकार समूहहरुले सुपुर्दगीको अनुरोधलाई अस्वीकार गर्न बेलायत सरकार समक्ष आग्रह गरेका छन् । एम्नेस्टी इन्टरनेसनलले अमेरिकी अधिकारीहरुका नकारात्मक अभियानबाट असान्जलाई प्रताडित गर्न खोजिएको बताएको छ । 

न्यायाधीशले अक्टोबरको शुरुमै फैसला सुनाउने सम्भावना छ । तर मुद्दा हार्ने पक्षले पुनरावेदन गर्न पाउने भएकाले पनि यो मुद्दा अझै केही समय लम्बिने छ ।