एजेन्सी । तमिल अभिनेता अजित कुमार पोर्चुगलमा दुर्घटनामा परेका छन् । तर, उनलाई कुनै चोटपटक लागेको छैन । यस घटनाको जानकारी अजित आफैले दिएका छन् ।
अजित मोटर स्पोर्ट इभेन्टमा सहभागी हुन लागेका थिए । अभ्यासको क्रममा उनको कार रेसिङ ट्र्याकमा दुर्घटनामा परेको थियो ।
एक अन्तर्वार्तामा यो घटनालाई उल्लेख गर्दै अजितले भने, ‘हामी फेरि राम्रो समय बिताइरहेका छौं । हाम्रो सानो दुर्घटना भयो । भाग्यवश कसैलाई केही भएन । हामी फेरि कार रेस जित्नेछौं र हाम्रो गौरव स्थापित गर्नेछौं । दुर्घटनाको समयमा हामीलाई साथ दिनुहुने साथीहरूलाई धन्यवाद दिन चाहन्छौं ।’
अजित यो वर्ष दोस्रो पटक दुर्घटनाको सिकार भएका छन् । गत महिना ८ जनवरीमा अजितको दुबईमा दुर्घटना भएको थियो । त्यसमा पनि उनलाई चोट लागेको थिएन ।
फेब्रुअरी ६ मा रिलिज भएको अजित कुमारको फिल्म ‘विदमुयार्ची’ ले बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ । भारतमा फिल्मले चार दिनमा ६२ करोड भारु कमाएको छ । फिल्मले समग्रमा १२२ करोडको आँकडा पार गरेको छ ।










