२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ

कोरोना कहरः छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने

कोरोना कहरः छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ । प्रतिवेदनमा समेटिएको त्यो सङ्ख्या कोभिड–१९ का कारण छ महिनादेखि रोजगारी, व्यापार, व्यवसाय बन्द भएर समस्यामा परेकाको रहेको उल्लेख छ । भारतबाहेक विभिन्न देशमा वैदेशिक रोजगारीमा ३२ लाख आठ हजारभन्दा बढी नेपाली रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलका संयोजक डा. फुयालले त्यसरी फर्किनेमध्ये ४० प्रतिशतलाई रोजगारी दिनुपर्ने अवस्था हुने भएकाले त्यसलाई समेत ध्यानमा राखेर कार्ययोजना अघि सारेको जानकारी दिए । उनले भने, “विदेशबाट आएका सबैले रोजगारी नै चाहेका हुन्छन् भन्ने हुँदैन । विदेशबाट पैसा लिएर फर्किने, सीप र थोरै पैसा लिएर फर्किने र पैसा सबै गुमाएर फर्किने तीन किसिमका जनशक्ति भएकाले त्यसलाई अध्ययन गरेर सबै गुमाएर फर्किनेलाई प्राथमिकता दिएर उसको क्षमताका आधारमा रोजगारी सिर्जना गर्नुपर्छ भन्ने हो । ”

विप्रेषण १५ प्रतिशतले घट्यो
अध्ययन प्रतिवेदनमा कोभिड–१९ का कारण नेपाल भित्रिने विप्रेषणमा ठूलो नोक्सानी नभएको उल्लेख छ । गत चैतदेखि जेठसम्म स्वदेश तथा विदेशमा गरिएको बन्दाबन्दीमा नेपाल भित्रिने विप्रेषणमध्ये औसतमा १५ प्रतिशत मात्रै घटेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी भित्रिएको ठूलो परिणामको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो
कोभिड–१९ को बढ्दो जोखिमले स्वदेशमा व्यापार, व्यवसाय तथा उद्योग–कलकारखाना बन्द हुँदा २३ प्रतिशतको पूर्ण रूपमा रोजगारी गुमेको पनि प्रतिवेदनमा उल्लेख छ ।
चालू आर्थिक वर्ष २०७७/७८ मा सरकारले थप ३० प्रतिशत रोजगारी सिर्जना गर्ने योजना अघि सारेको डा. फुयालले जानकारी दिए । उनले सिर्जना गरिएका थप ३० प्रतिशत रोजगारीमा विदेशबाट रोजगारी गुमाएर रित्तै फर्किएका ४० प्रतिशत, स्वदेशमा रोजगारी गुमाएर बेरोजगार बनेका ४० प्रतिशत र नयाँ २० प्रतिशतलाई प्राथमिकताका आधारमा रोजगारी उपलब्ध गराइने योजना सरकारको रहेको पनि जानकारी दिए ।

डा. फुयालले श्रमिक बलियो नभएसम्म उत्पादन राम्रो हुन नसक्ने भएकाले श्रमिक वर्गको सुरक्षालाई ध्यानमा राखेर चालू आवका योजना बनाइएको बताए । अध्ययन प्रतिवेदनमा श्रमिकले कस्तो रोजगारी गुमाए, उनीहरूका लागि भोलिका सम्भावित रोजगारका क्षेत्र के कस्ता हुन सक्छन् भन्ने विषय समेटिएको उल्लेख छ । डा. फुयालका अनुसार प्रतिवेदन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) हस्तान्तरणको तयारीमा रहेकाले थप कुरा पछि सार्वजनिक गरिने छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विदेशी तथा स्वदेशी रोजगारीमा परेका असर, बेरोजगारीको अवस्था र सम्भावित रोजगारीका अवसरका विषयमा अध्ययन गर्न योजना आयोगका सदस्य फुयालको नेतृत्वमा गत वैशाखमा गठन गरिएको हो । कार्यदलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक÷एक जना सहसचिवको सहभागिता रहेको छ । गोरखापत्र दैनिक