२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ

असह्य भएपछि सरकारविरुद्ध उत्रिए साउदीका नेपाली

असह्य भएपछि सरकारविरुद्ध उत्रिए साउदीका नेपाली
अ अ+ अ-

काठमाडौँ । साउदी अरबका विभिन्न क्याम्पमा रहेका सयौं नेपाली श्रमिक घर फर्कन नपाएको भन्दै नेपाल सरकारविरुद्ध उत्रिएका छन् । ७ महिनादेखि कामविहीन भई बसेका उनीहरूले स्वदेश फिर्ती अनिश्चित भएपछि पर्याप्त उडानको माग गर्दै विदेशी भूमिमा आफ्नै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । स्वदेश फर्कने आसमा बसेका नेपाली साउदी अरबको राजधानी रियादको एक्जिट ६ स्थित साउदी म्यानपावर सप्लाई कम्पनी (समस्को) को क्याम्पमा । स्वदेश फिर्तीका लागि साउदी अरबमा मात्रै दिनमा ५ वटा उडान हुनुपर्ने उनीहरूको माग छ । सरकारले भने सेप्टेम्बरका लागि १३ वटा उडान मात्रै स्वीकृति दिएको छ । ‘घर फर्कने दिन पर्खेको ७ महिना भयो । कहिले जान पाउने हो, अझै निश्चित भएन । दूतावासमा फोन गर्दा कम्पनीलाई देखाउँछन्, कम्पनीलाई भन्दा दूतावासमा बुझ्नु भन्छन्,’ मकवानपुरका सन्दीप गोलेले मंगलबार टेलिफोनमा भने, ‘हामी बाध्य भएर आफ्नै देशलाई तल पार्ने गरी नाराबाजीमा उत्रनुपर्‍यो । सडकमा जानुपर्‍यो ।’ गोले आबद्ध साउदी म्यानपावर सप्लाई कम्पनी (समस्को) ले मात्रै झन्डै एक हजार नेपालीलाई स्वदेश फर्काउन रियादस्थित क्याम्पमा राखेको छ । समस्को साउदीका विभिन्न कम्पनीको मागअनुसार श्रमिक उपलब्ध गराउने ठूलो कम्पनी हो ।

‘क्याम्पका ११ वटा भवनमा झन्डै ६ हजार श्रमिक छन् ।तिनमा सबैभन्दा बढी नेपाली नै छन् । काम दिन नसकेपछि क्याम्पमा ल्याएर राखिएको हो । यसबीचमा एकसुको तलब दिइएको छैन । खाना र बस्न मात्रै दिइन्छ । हामी कति दिनसम्म यसरी खाँदिएर बस्ने रु’ गोलेले भने । आफ्नो समस्याका विषयमा नेपाल सरकारले वास्ता नगरेको उनले गुनासो गरे । ‘त्यही भएर साउदीमै चर्को नाराबाजी गर्नुपर्ने बाध्यता आइपर्‍यो । प्रहरी पनि आए । केही साथीलाई समातेर पनि लगे तर पछि छाडिदिएछन् ।’ गोलेका अनुसार उक्त कम्पनीमा झन्डै दुई सय जना नेपाली महिला छन् । ‘एउटा कोठामा ११ जनालाई कोचेर राखिएको छ । भुइँमै सुताइएको छ । खाना खाने बेला भीड हुन्छ । पुग्ने खाना दिँदैनन्, थपेर खान पाइँदैन । खाना नपुगेर सधैं झगडा हुन्छ । पिउने पानी पनि आफैंले किनेर ल्याउनुपर्छ । कहिलेकाहीँ नुहाउने पानी नै पिउनुपर्छ,’ खोटाङका पदमबहादुर भुजेलले भने, ‘अहिले पैसा पनि छैन, कति दिनसम्म यसरी सहने ?’ मरुभूमिको बीचमा रहेको यो क्याम्पमा रहेका केही कामदारमा मानसिक समस्यासमेत देखिन थालेको वीरगन्जका एमडी इमान साहले बताए । ‘मन भुलाउन डाटा किनेर युट्युब हेर्दै दिन कटाउँछौं । एक जना साथीले त आत्महत्या पनि गरे,’ उनले भने ।

श्रमिक आपूर्ति गर्दै आएको महरा कम्पनीमा कार्यरत श्रमिकले पनि सरकारविरुद्ध नाराबाजी गरेका छन् । ‘कम्पनीको मान्छे आएर तिमीहरूलाई दूतावासले पठाउँदैन त हामी के गर्न सक्छौं भन्छन् । टिकट कम्पनीले नै दिने हो । दूतावासलार्ई सोध्दा उडान नै छैन भन्ने जवाफ आउँछ,’ महरामा कार्यरत इलामका पेम्बा राईले भने, ‘कि हामीलाई नेपाल पठाइदिनुपर्‍यो, कि तलब दिएर राख्नुपर्‍यो । बिरामी पर्दा औषधि उपचार गर्ने पैसा पनि छैन । कबाडी खाना खाएर बस्नुपरेको छ ।’

दूतावासमाथि दबाब बढाउँदै कम्पनी
कम्पनीहरूले पनि नेपाली दूतावासमाथि दबाब बढाउन थालेका छन् । क्याम्पमै नाराबाजी हुन थालेपछि सोमबार समस्कोले ४ वटा बसमा नेपाली श्रमिकलाई दूतावास पठाएको थियो । ती श्रमिकले दूतावास परिसरबाहिर नाराबाजी गरेका थिए । घर फिर्ती प्रक्रिया सुरु गरेको ३ महिनामा साउदीबाट ८ हजार ५ सय २५ नेपाली मात्रै स्वदेश फर्केका छन् । रियादस्थित नेपाली दूतावासले घर फिर्ने प्रतीक्षामा रहेका थप साढे १४ हजार जनाको नामावली प्रकाशन गरेको छ । त्यसबाहेक विभिन्न कम्पनीका तर्फबाट ३ हजार जनाको सूची पेस भएको छ । थप एक हजार जनाले स्वदेश फिर्न दूतावासमा फाराम नै भरेका छन् । सरकारले भने सेप्टेम्बरमा २ हजार ५ सय ८० जनालाई मात्रै स्वदेश फर्काउन अनुमति दिएको छ । श्रमिकहरू विरोधमा उत्रिएपछि समस्कोले ५ सय ८० जनालाई तत्काल पठाउनुपर्ने भन्दै नेपाली दूतावासमा नामावली बुझाएको छ । उडानको सबै खर्च कम्पनीले नै बेहोर्ने जनाइएको छ । कम्पनी, श्रमिक र दूतावासबीच मंगलबार भएको त्रिपक्षीय बैठकमा अबको पहिलो उडानमा समस्कोका श्रमिकलाई पठाउने सहमति भएको छ ।

श्रमिकले भने लगातार तीन वटा उडानमा समस्कोका मात्रै श्रमिकलाई स्वदेश फर्काउनुपर्ने माग राखेका छन् । यीबाहेक दर्जनौं कम्पनीले उडानको प्रबन्ध मिलाइदिन दूतावासलाई अनुरोध गर्दै आएका छन् । रियादस्थित नेपाली दूतावास भने कम्पनी र श्रमिकको मागअनुसार साउदीमा पर्याप्त उडान नै नभएको बताउँछ । ‘हामीले हरेक दिन उडान गरियोस् भन्दै परराष्ट्र मन्त्रालयलाई भनिरहेका छौं तर उताबाट उडान स्वीकृति नै मिल्दैन,’ साउदीका लागि नेपाली राजदूत डा। महेन्द्रसिंह राजपुतले भने, ‘नेपाल सरकारले उडान पठाइदेओस्, हामी मान्छे पठाइदिन्छौं ।’

उडान स्वीकृति ढिलाइले समस्या
साउदीको रियाद र जेद्दास्थित विमानस्थलबाट नेपाल एयरलाइन्सले र दमामबाट हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने अनुमति पाएका छन् । दूतावासले नामावली सार्वजनिक गर्नेबित्तिकै दमाम र रियादस्थित अधिकार प्राप्त ट्राभल एजेन्सीमा टिकट लिन जाने क्रम बढेको छ । भीड बढी हुनेबित्तिकै प्रहरीले ट्राभल एजेन्सी नै बन्द गरिदिने गरेको छ । स्वदेश फर्काउनका लागि साउदीको रियादस्थित क्याम्पमा राखिएका समस्को कम्पनीमा कार्यरत नेपाली श्रमिक । उडान संख्या कम भएकाले पनि दूतावासले एउटै कम्पनीका श्रमिकलाई एउटै उडानमा मात्रै पठाउन सकेको छैन । ‘कतिपय कम्पनीले नेपाल एयरलाइन्सको विमान चार्टर गर्न चाहे लाग्ने शुल्क रियादमा भुक्तानी गर्ने प्रबन्ध छैन । त्यसका लागि कम्पनीले नेपालमै पैसा पठाउनुपर्छ,’ राजपुतले भने । उनले कम्तीमा तीन महिनाको उडान तालिका सार्वजनिक गर्न सरकारलाई अनुरोध गरे ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सीसीएमसीले भने केही दिनअघि मात्रै तालिका सार्वजनिक गर्दै आएको छ । पूरा गरेर यात्रु पठाउन निकै समस्या हुने गरेको नेपाली दूतावासका एक अधिकारीले बताए । ‘हामीलाई मंगलबारको उडानबारे शुक्रबार मात्रै जानकारी आयो । यसबारे कम्पनीलाई शनिबार जानकारी दियौं । कम्पनीले आइतबार नै एयरलाइन्सको एजेन्टको खातामा टिकट खर्च पठायो । साउदीबाट प्रक्रिया पूरा गरेर जाँदा ५ दिन लाग्दोरहेछ,’ ती अधिकारीले भने, ‘समयमा सूचना नआउँदा तोकिएको उडानमा यात्रु पठाउन कठिन भइरहेको छ । फेरि यात्रुको पीसीआर नेगेटिभ रिपोर्ट पनि जुटाउनुपर्‍यो ।’ (कान्तिपुरमा समाचार छ)