१० भाद्र २०८३, बुधबार
,
Latest
पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइल अड्काउने प्रवृत्तिले भ्रष्टाचार मौलायोः मुख्यमन्त्री सिंह



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कानूनी अधिकारीहरूले कानूनसम्मत रूपमा काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोगको बर्दिबास कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

जनताको स्वास्थ्यसँग खेलबाड गर्ने स्वास्थ्य संस्थामाथि प्रदेश सरकारले कारबाही अघि बढाएको जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहले नेपालका विभिन्न ऐन तथा कानूनका कारण प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सिंहले अख्तियार अनुसन्धान सेवा पुरस्कारबाट सिनियर डिभिजन इन्जिनियर प्रकाश चौधरी र अख्तियार सेवा पुरस्कारबाट जगतराजलाई सम्मानपत्रसहित नगद प्रदान गर्नुभयो ।