२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहको स्वरमा ‘लाज शरणम्’ को गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ को गीत ‘नेपाल हासेको’ को सार्वजनिक भएको छ ।

गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको छ । गीतमा मेयर शाहकै संगीत र शब्द समेत छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।

गम्भीर विष्टले केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डे लगायत फिचर्ड छन् ।

बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने फिल्म ‘लाज शरणम्’ को केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा‘’ बोलको गीत सार्वजनिक भएको थियो ।

फिल्म ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको हो । फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

फिल्ममा मा सिताराम कट्टेल ‘धुर्मुस’, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।