३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रूकुम मैकोट’ १० करोड क्लबमा, शान्तिश्री भन्छिन्– अलि भाग्यमानी नै हुँ जस्तो लाग्छ



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘खुश्मा’को ‘रूकुम मैकोट’ बोलको गीत सबभन्दा छोटो समयमा १० करोड पटक हेरिने गीत बनेको छ ।

एसडी योगी र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वर रहेको गीतले पाँच महिनामै १० करोड भ्युज पाउने पहिलो नेपाली गीतको कीर्तिमान बनाएको हो ।

यसअघि शान्तिश्रीकै अफिसियल गीत ‘अरेली काँडैले’ नेपाली लोक संगीतबाट १० करोड पटक हेरिने पहिलो गीत बनेको थियो । डेढ वर्षअघि सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र शान्तिश्रीको एकल स्वर रहेको छ ।

‘रूकुम मैकोट’ र ‘अरेली काँडैले’ युट्युबमा १० करोड भ्युज पाएपछि शान्तिश्रीले फेसबुकमा स्ट्याटस लेख्दै खुसी साटेकी छन् । उनले लेखेकी छिन् , ‘यो मेरो लागि निक्कै खुसीको कुरा हो । आदरणीय दर्शकुश्रोताहरूको अगाध माया पाएका कैयौं गीतहरूमा मेरो स्वर मिसिएका छन । यो अर्थमा म अलि भाग्यमानी नै हुँ जस्तो पनि लाग्छ । कर्म र भाग्यको संयोग कहिँ न कहिँ राम्रै मिलेको छ जस्तो पनि लाग्छ ।’

गीत संगीतमा अपार सफलता बनाएकी शान्तिश्रीले हालसालै काठमाडौंमा नयाँ घर समेत खरिद् गरेकी छन् ।