२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आतिशीले दिइन् दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा



अ+ अ-

नयाँदिल्ली । विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाउनुभयो ।

त्रिचालीस वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत हुनुहुन्थ्यो । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उहाँ शीर्ष पदमा पुग्नुभएको थियो ।

उहाँ सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्नुभएको थियो ।

दिल्ली विधानसभा चुनावमा आप (आम आदमी पार्टी)ले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ ।

आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि राष्ट्रिय राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी (भाजपा)ले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ ।

तथापि आतिशीले कडा प्रतिस्पर्धापछि कालकाजी सिट कायम राख्नुभयो र भाजपाका रमेश बिधुडीलाई तीन हजार ५२१ मतको अन्तरले पराजित गर्नुभयो ।

आफ्नो व्यक्तिगत विजयलाई स्वीकार्दै, आतिशीले दिल्ली विधानसभा चुनावमा आपको हार स्वीकार गर्नुभयो र भाजपाविरुद्ध लडाइँ जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

विशेष गरी पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियासहित पार्टीका धेरै शीर्ष नेताले आफ्नो निर्वाचन क्षेत्रहरू गुमाएको बेला कालकाजी निर्वाचन क्षेत्रमा आतिशीको जित आपका लागि विशेष छ ।

भाजपाका परवेश वर्मा नयाँदिल्ली सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि चार हजार मतभन्दा बढीको निर्णायक जितसहित विधानसभा चुनावमा विशाल विजेताको रूपमा उदाउनुभयो ।

राष्ट्रिय राजधानीमा आफ्नो पुनरागमनको आशा गरेको कांग्रेस फेरि कुनै पनि सिट जित्न असफल भयो ।