१६ श्रावण २०८३, शनिबार
,
Latest
मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन विश्व स्तनपान सप्ताह आजदेखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई



अ+ अ-

धरान । २५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ ।

आज धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको होे ।

खेलको २४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अन्तर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको २७औँ मिनेटमा एनआरटी क्लबका हेनरी पोकुले गोल गर्न सफल भएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ५८औँ मिनेटमा एनआरटीका हेनरी पोकुले एक गोल गर्दै २–१ को अग्रता दिलाएका थिए भने यही गोल निर्णायक बन्यो ।

उपाधिसँगै एनआरटी क्लबले नगद रु १० लाख र उपविजेता चर्च ब्वाइजले नगद रु पाँच लाख प्राप्त गरेको छ । आजको खेलको ‘म्यान अफ द म्याच’ एनआरटीका हेनरी पोको घोषित भए ।




भर्खरै