• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस्

सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै



काठमाडौं । युरोपियन राष्ट्रमा यतिबेला खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गवितविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीब्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै छ । 

एसियाली राष्ट्रमा महामारीको प्रकोप नदेखिएको भए यति वेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोटका लागि अभ्यासलाई तीब्रता दिइरहेको हुन्थ्यो । अभ्यास थाल्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौ उपत्यका र उपत्यका भन्दा बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो । तर विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए । फुटबलमा फर्किन आतुर भएका खेलाडी फिटनेसको विषयमा चिन्तित देखिएका थिए । अहिले अन्यौलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका प्रदाधिकारीहरुसँग पनि छलफलको क्रममा रहेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभयो । छलफल पछि कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय हुने उहाँको भनाई छ । 

खेलाडी फुटबलमा फर्किन आतुर भए जस्तै एन्फा पनि गतिविधि सुचारु गर्न आतुर नै छ । तर सरकारले लगाएको अंकुस र महामारीले गर्दा अन्योल देखिएको छ । एन्फाले सरकारबाट अनुमति पाए डब्ल्यूएचओ र फिफा गाइडलाइनलाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पाले बताउनुभयो । 

युरोपमा कोरोना कहरकै बीच फुटबल सहित खेलकुद गतिविधि सञ्चालनमा आईसक्दा छिमेकी देशहरुमा समेत डब्ल्यूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन । तर नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सिमित छन् । खेलकुदका जिम्मेवार निकायले कोरोना कहरको कारण देखाउँदै विकल्पको बाटो नदेखाउने हो भने प्रतियोगितामा सहभागि हुन खेलाडीलाई फिटनेसको समस्य अवस्य देखिन्छ । त्यसको असर नतिजमा सहज पर्नेछ ।