२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै



अ+ अ-

काठमाडौं । युरोपियन राष्ट्रमा यतिबेला खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गवितविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीब्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै छ । 

एसियाली राष्ट्रमा महामारीको प्रकोप नदेखिएको भए यति वेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोटका लागि अभ्यासलाई तीब्रता दिइरहेको हुन्थ्यो । अभ्यास थाल्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौ उपत्यका र उपत्यका भन्दा बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो । तर विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए । फुटबलमा फर्किन आतुर भएका खेलाडी फिटनेसको विषयमा चिन्तित देखिएका थिए । अहिले अन्यौलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका प्रदाधिकारीहरुसँग पनि छलफलको क्रममा रहेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभयो । छलफल पछि कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय हुने उहाँको भनाई छ । 

खेलाडी फुटबलमा फर्किन आतुर भए जस्तै एन्फा पनि गतिविधि सुचारु गर्न आतुर नै छ । तर सरकारले लगाएको अंकुस र महामारीले गर्दा अन्योल देखिएको छ । एन्फाले सरकारबाट अनुमति पाए डब्ल्यूएचओ र फिफा गाइडलाइनलाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पाले बताउनुभयो । 

युरोपमा कोरोना कहरकै बीच फुटबल सहित खेलकुद गतिविधि सञ्चालनमा आईसक्दा छिमेकी देशहरुमा समेत डब्ल्यूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन । तर नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सिमित छन् । खेलकुदका जिम्मेवार निकायले कोरोना कहरको कारण देखाउँदै विकल्पको बाटो नदेखाउने हो भने प्रतियोगितामा सहभागि हुन खेलाडीलाई फिटनेसको समस्य अवस्य देखिन्छ । त्यसको असर नतिजमा सहज पर्नेछ ।