१४ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन यो वर्ष दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानूनमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले नियन्त्रण भन्दा पनि नियमन गर्नेगरी विधेयक ल्याउनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताउनु भयो ।

उहाँले सकारात्मक पक्षहरु कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षहरुलाई कसरी न्युनिकरण गर्ने ? त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय भएको बताउनु भयो । विधेयकमा संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्ने बताउनु भयो । सामाजिक सञ्जाल सम्बन्धी कानून आवश्यक रहेको पनि बताउनु भयो ।

महासचिव गुरुङले भन्नुभयो, ‘हालैमात्र नेपाल सरकारले सामाजिक सञ्जाल विधेयकको बारेमा नियमन गर्नका लागि, व्यवस्थित गर्नका लागि भनेर एउटा विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । यो अहिले राष्ट्रिय सभामा विचाराधिन रुपमा, छलफलको क्रममा छ । विज्ञान र प्रविधिको विकासको क्रममा सूचना र सञ्चारको प्रविधिको विकास भएको छ । यसले एक प्रकारले गुणात्मक रुपले ऐतिहासिक रुपले र युगान्तकारी परिवर्तनको रुपमा सूचना, सञ्चारको विकास भएको छ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।

सकारात्मक पक्ष हुँदाहुँदै पनि हरेक सकारात्मक पक्षभित्र केही नकारात्मक पक्षहरु पनि हुन्छन् । सकारात्मक पक्षहरु कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षहरुलाई कसरी न्युनिकरण गर्ने रु त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय हो । राज्यले नियमन गर्नुपर्छ भन्नेकुरामा विवादको विषय होइन । नियमन गर्नुपर्छ । यही उद्देश्यलाई ध्यानमा राखेर २०८० साल मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनको विषयमा सरकारले एउटा निर्देशिका जारी गरेको थियो ।

त्यो निर्देशिकाको आधारमा विधेयक बनाउने भन्ने प्रक्रिया पनि चलिरहेको थियो । नयाँ सरकार आइसकेपछि त्यो विधेयक अघि बढाएको छ । तर विधेयकको पक्षहरु हेर्दा संविधानले मौलिक हक र अधिकारको सन्दर्भमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, गोपनियताको स्वतन्त्रतालाई प्रत्याभुत गरेको छ । तर संविधानको भावना र स्प्रिटलाई किल नहोस् भन्नेकुरामा ध्यान दिनुपर्छ । हामी के देख्छौँ भने सामाजिक सञ्जाल सम्बन्धी कानून आवश्यक छ । यसलाई नियन्त्रण भन्दा पनि नियमन गर्ने र खासगरी स्वनियमनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता हो । तर विधेयकमा स्वनियमनलाई प्राथमिकता दिएको देखिँदैन ।’

महासचिव गुरुङले बोलेको आधारमा जेल जानुपर्ने, ठूलो जरिबाना भोग्नुपर्ने जस्ता आपत्तिजनक प्रश्ताव गरिएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने बताउनु भयो । सामाजिक सञ्जाल प्रयोग कर्ताको स्वनियमन र नियमनलाई जोड दिनुपर्ने बताउनु भयो । अभिव्यक्ति स्वतन्त्रतालाई अपराधीकरण फौजदारीकरण गर्न नहुने भन्दै यसलाई फौजदारीकरण गर्ने मानसिकताले ल्याउने हो भने विधेयक नै आवश्यक नरहेको बताउनु भयो ।