२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा सरकारले स्वनियमनलाई प्राथमिकता दिएनः महासचिव गुरुङ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानूनमा स्वनियमनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले नियन्त्रण भन्दा पनि नियमन गर्नेगरी विधेयक ल्याउनुपर्नेमा स्वनियमनलाई प्राथमिकता नदिइएको बताउनु भयो ।

उहाँले सकारात्मक पक्षहरु कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षहरुलाई कसरी न्युनिकरण गर्ने ? त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय भएको बताउनु भयो । विधेयकमा संविधानको भावनालाई मार्न नहुने गरी विधेयक ल्याइनुपर्ने बताउनु भयो । सामाजिक सञ्जाल सम्बन्धी कानून आवश्यक रहेको पनि बताउनु भयो ।

महासचिव गुरुङले भन्नुभयो, ‘हालैमात्र नेपाल सरकारले सामाजिक सञ्जाल विधेयकको बारेमा नियमन गर्नका लागि, व्यवस्थित गर्नका लागि भनेर एउटा विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । यो अहिले राष्ट्रिय सभामा विचाराधिन रुपमा, छलफलको क्रममा छ । विज्ञान र प्रविधिको विकासको क्रममा सूचना र सञ्चारको प्रविधिको विकास भएको छ । यसले एक प्रकारले गुणात्मक रुपले ऐतिहासिक रुपले र युगान्तकारी परिवर्तनको रुपमा सूचना, सञ्चारको विकास भएको छ । यो अत्यन्तै सकारात्मक पक्ष हो ।

सकारात्मक पक्ष हुँदाहुँदै पनि हरेक सकारात्मक पक्षभित्र केही नकारात्मक पक्षहरु पनि हुन्छन् । सकारात्मक पक्षहरु कसरी व्यवस्थित गर्ने र नकारात्मक पक्षहरुलाई कसरी न्युनिकरण गर्ने रु त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने पनि राज्यको दायित्व भित्रको विषय हो । राज्यले नियमन गर्नुपर्छ भन्नेकुरामा विवादको विषय होइन । नियमन गर्नुपर्छ । यही उद्देश्यलाई ध्यानमा राखेर २०८० साल मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनको विषयमा सरकारले एउटा निर्देशिका जारी गरेको थियो ।

त्यो निर्देशिकाको आधारमा विधेयक बनाउने भन्ने प्रक्रिया पनि चलिरहेको थियो । नयाँ सरकार आइसकेपछि त्यो विधेयक अघि बढाएको छ । तर विधेयकको पक्षहरु हेर्दा संविधानले मौलिक हक र अधिकारको सन्दर्भमा वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, गोपनियताको स्वतन्त्रतालाई प्रत्याभुत गरेको छ । तर संविधानको भावना र स्प्रिटलाई किल नहोस् भन्नेकुरामा ध्यान दिनुपर्छ । हामी के देख्छौँ भने सामाजिक सञ्जाल सम्बन्धी कानून आवश्यक छ । यसलाई नियन्त्रण भन्दा पनि नियमन गर्ने र खासगरी स्वनियमनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता हो । तर विधेयकमा स्वनियमनलाई प्राथमिकता दिएको देखिँदैन ।’

महासचिव गुरुङले बोलेको आधारमा जेल जानुपर्ने, ठूलो जरिबाना भोग्नुपर्ने जस्ता आपत्तिजनक प्रश्ताव गरिएको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने बताउनु भयो । सामाजिक सञ्जाल प्रयोग कर्ताको स्वनियमन र नियमनलाई जोड दिनुपर्ने बताउनु भयो । अभिव्यक्ति स्वतन्त्रतालाई अपराधीकरण फौजदारीकरण गर्न नहुने भन्दै यसलाई फौजदारीकरण गर्ने मानसिकताले ल्याउने हो भने विधेयक नै आवश्यक नरहेको बताउनु भयो ।