१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.69

Wind: 1.54

Humidity: 55

Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल सम्बन्धी विधेयक परिमार्जन गरेर मात्रै पारित हुन्छः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी रहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद भएको बताउनु भयो । उहाँले शासन प्रणाली बदलिएको भएपनि शासनको शैली अझै बदल्न नसकेको बतउनु भयो । उहाँले विधेयकमाथि सरोकारवालाहरुसँग छलफल र बहस गरेर मात्रै ल्याउनुपर्नेमा सरकारमै रहेको नेपाली काँग्रेससँग पनि पर्याप्त छलफल नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार र सामाजिक सञ्जाल दुवैको शैली बदल्न जरुरी छ । राजनीतिले पनि आफूभित्र परिवर्तन खोज्नु भनेको छ । सामाजिक सञ्जालको प्रयोगकर्ताहरुले पनि यसको प्रयोग गरिरहँदै गर्दा राख्नुपर्ने मर्यादको सन्दर्भमा गम्भीर बहसमार्फत परिमार्जन गर्न जरुरी छ । सामाजिक सञ्जाल भनेको संसद बाहिरको संसद हो ।

यो संसदले सही ढंगले फिडब्याक दिने कर्म गर्यो भने, यो बाहिर रहेको संसदमा सही प्रश्नमा सही ढंगले खबरदारी गर्यो भने भित्र रहेको संसदले आफूलाई अझ बढी जिम्मेवार बनाउन, देश जनताको मुद्दाप्रति अझै गम्भीर बन्न, आफूलाई परिमार्जित गर्नका लागि सजिलो हुन्छ । शासन प्रणाली बदल्यौँ तर शासनको शैली अझै बदल्न सकेका छैनौँ ।

यो विधेयक आउँदै गर्दा आम सरोकारवालाहरुसँग छलफल हुनुपर्दथ्यो । तर सरकारमै रहेको मुख्य दुई दलको बीचमा पनि गहन संवाद भएन । त्यसले के बताउँछ भने शासन गरिरहँदाको शैली मोर डेमोक्रेटी हुनुपर्दथ्यो, अपनत्वको अनुभुति हुनुपर्दथ्यो । अहिले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आएको छ । यो विधेयक आवश्यक संवादपछि, छलफलपछि, परिमार्जनपछि मात्रै पास हुन्छ । ’

महामन्त्री शर्माले प्रतिनिधि चुनिएका व्यक्तिहरुले नै लोकतन्त्रलाई हनन गरेको उदाहरण कतिपय ठाउँमा रहेको भन्दै यसमा गम्भीर बन्नुपर्ने बताउनु भयो ।