२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसदको प्रक्रिया मिचेको माओवादी प्रमुख सचेतक पाण्डेको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन लागेको कुरा समावेश गरेर पास गर्न खोजेको आरोप लगाउनुभएको हो ।

उहाँले समितिबाट सर्वसम्मत पास भएर आएको प्रतिवेदन संसदमा प्रश्तुत गर्दा जनतालाई झुक्याउने प्रयास गरेको बताउनु भयो । कानून निर्माण जस्तो गम्भिर विषयमा आफूलाई मन लागेका कुराहरु घुसाउने र बहुमतको धाक लगाउने कार्य गलत भएको जिकिर छ । उहाँले सरकारले कानून मिचेर अध्यादेश ल्याएको समेत आरोप लगाउनु भयो ।

पाण्डेले भन्नुभयो, ‘आज सदनमा सरकारले सदनलाई पनि लटरपटर गरेर कानून बनाउनेतिर लैजान खोज्यो । आज हाम्रो कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनउपर छलफल थियो । त्यो प्रविदेन सर्वसम्मत रुपमा पारित भएर आएको थियो । तर सरकारले के घुसाउनुपर्ने थियो त्यसमा माननीय कानून मन्त्रीले स्पष्टताका साथ पनि राख्नु भएन । तर केही विषयवस्तु राख्ने प्रयत्न पनि गर्नुभयो । के भएको भनेर संसद सचिवालयसँग कुरा गरियो । त्यसबाट पनि जवाफ आएन । यसरि कानून निर्माणजस्तो विषयवस्तुमा आफूलाई मन लागेका कुराहरु कानूनमा घुसाउने र हामीसँग बहुमत छ भनेर जसरि जनतालाई झुक्याउन खोजियो यो एकदम गलत भएको छ । अध्यादेशमा पनि त्यसै गरेर कानून मिच्न थालिएको छ । अब संसदको प्रक्रिया मिच्न थालियो । हाम्रो प्रक्रियाका त छलफल आयो भने पनि छलफल त्यहाँ राख्ने र त्यसपछि सरकारले जवाफ दिने थियो । तर त्यसो गरेर कानूनमा आफूलाई मन लागेको कुरा हालेर जुन पास गर्ने प्रयत्न गरियो । त्यसका विरुद्ध प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हिसावले मैले विषयवस्तु उठाए ।’

आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्नुभएको थियो ।