५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना



अ+ अ-

एजेन्सी । चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध मानसिकता’ को निन्दा गर्दै यस क्षेत्रको भ्रमणका क्रममा विदेशमन्त्री मार्को रुबियोको टिप्पणीमाथि गुनासो गरेको बताएको छ ।

नोभेम्बरमा अमेरिकी चुनाव जितेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक शताब्दीअघि वासिङ्टनले निर्माण गरेको र पछि पनामालाई हस्तान्तरण गरिएको पनामा नहर कब्जा गर्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छैन ।

क्यारेबियन सागर र प्रशान्त महासागरलाई जोड्ने यो साँघुरो जलमार्गबाट अमेरिकी कन्टेनर यातायातको करिब ४० प्रतिशत गुज्रन्छ ।

शुल्क भुक्तानी बाहेक वासिङ्टन मुख्यतया विश्व समुद्री व्यापारको पाँच प्रतिशत सम्हाल्ने ८० किलोमिटर ९५० माइल० लामो नहरमा चिनियाँ लगानीबारे चिन्तित देखिएको छ ।

पनामा नहरलाई लिएर पछिल्लो विवाद रुबियोको मध्य अमेरिकाको एक हप्ता लामो भ्रमणको अन्त्यमा आएको हो । अमेरिकी शीर्ष कूटनीतिज्ञका रूपमा उहाँको पहिलो पनामा भ्रमण हो ।

उहाँले नहरमा चिनियाँ प्रभाव कम गर्न तत्काल परिवर्तन नगरेसम्म पनामाविरुद्ध कारबाही गर्ने धम्की दिनुभएको थियो ।

बेइजिङले शुक्रबार रुबियोको टिप्पणीले ‘चीनलाई अन्यायपूर्ण रूपमा आरोप लगाएको’ र ‘जानाजानी चीन र सन्बन्धित ल्याटिन अमेरिकी देशहरूबीच विवाद सिर्जना गरेको’ बताएको छ । “चीनले अमेरिकी पक्षसमक्ष गम्भीर प्रतिनिधित्व दर्ता गराएको छ’, एक अज्ञात प्रवक्ताले भने ।

पनामाका राष्ट्रपति जोस राउल मुलिनोले बिहीबार पनामाले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० पूर्वाधार कार्यक्रमबाट बाहिरिएको पुष्टि गर्नुभएको छ ।

रुबियोले त्यो प्रतिबद्धतालाई द्विपक्षीय सम्बन्धका लागि ‘ठूलो कदम’ भनी स्वागत गर्नुभयो ।

जवाफमा बेइजिङले ‘बेल्ट एन्ड रोड सहयोगलाई बदनाम गर्न र कमजोर पार्न अमेरिकाले दबाब र जबरजस्ती प्रयोग गर्ने कुराको दृढतापूर्वक विरोध गर्छ’ भनेको छ ।

“यसका उपलब्धिहरूले पनामा जस्ता देशहरूका जनतालाई फाइदा पुर्‍याएका छन्”, विदेश मन्त्रालयका प्रवक्ता लिनले एक ब्रिफिङमा भन्नुभयो ।

बिआरआई एक विशाल पूर्वाधार परियोजना हो । यो चिनियाँ राष्ट्रपति सी जिनपिङको आफ्नो देशको विदेशी प्रभाव विस्तार गर्ने प्रयासको केन्द्रीय स्तम्भ हो ।

पश्चिमी आलोचकहरूले चीनमाथि बिआरआई प्रयोग गरेर विकासशील राष्ट्रहरूलाई असम्भव ऋणमा फसाएर उनीहरूमाथि कूटनीतिक प्रभाव जमाउन वा उनीहरूको सम्पत्ति कब्जा गर्न खोजेको आरोप लगाउँछन् ।

बेइजिङले शुक्रबार ‘नहरमाथि पनामाको सार्वभौमिकताको समर्थन गर्छौं’ भनी जोड दिएको छ । “अमेरिकी पक्षको सम्बन्धित सहयोगमा आक्रमण र हस्तक्षेपले एकपटक फेरि यसको प्रभुत्वशाली प्रकृति उजागर गरेको छ”, विदेश मन्त्रालयले भन्यो ।