८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.32

Wind: 2.06

Humidity: 60

Latest
मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय सुशासन आयोग गठन एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै आम्दा अस्पतालमा डाइलासिस सेवा अभिभावकहरुसँग क्षमा माग्दै भर्ना अभियान सुरु गर्न शिक्षाविद् कोइरालाको सुझाव एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुदैन :शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लेक लागेर बिरामी परेका दुई पर्यटकको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ४२ करोड तीर्थयात्रीले कुम्भ मेलाको भ्रमण गरे



अ+ अ-

एजेन्सी । भारत सरकारले शुक्रबार विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सवमा ४२ करोडभन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको बताएको छ । आयोजक अधिकारीहरूले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर गणना गरिएको अनुमान गरेका छन् ।

संयुक्त राज्य अमेरिका र क्यानाडाको जनसङ्ख्याभन्दा बढी यो अचम्मको सङ्ख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव छैन । यो एक अर्ब ४० करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रका लागि पनि आश्चर्यजनक तथ्याङ्क हो ।

“त्रिवेणी सङ्गममा ४२ करोडभन्दा बढी भक्तजनले डुबुल्की लगाए”, गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गमलाई उल्लेख गर्दै सरकारको प्रेस सूचना ब्युरोले भन्यो ।

उत्तरी सहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको छ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई हप्ताभन्दा बढी समय बाँकी छ । यो जुन फेब्रुअरी २६ मा समाप्त हुँदैछ ।

भारतमा धर्म र राजनीति गहिरो रूपमा जोडिएका छन् । आलोचकहरूले यो उत्सवलाई हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको साख बढाउन प्रवद्र्धन गरिएको बताउँछन् । प्रधानमन्त्री मोदीले आफैँ बुधबार पवित्र स्नान गर्नुभयो ।

मोदीका निकट सहयोगी एवं भारतीय जनता पार्टी (भाजपा) कै आक्रामक साधु योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ र उत्तर प्रदेशमै यो उत्सव भइरहेको छ ।

आयोजकहरूले क्यामेराहरूको नेटवर्क र माथिबाट उड्ने ड्रोनहरू प्रयोग गरिरहेको बताएका छन् । एआई प्रणालीहरूले भक्तजनहरूको सङ्ख्या गणना गर्न र भीड व्यवस्थापन गर्न डाटा प्रशोधन गरिरहेका छन् ।

तर त्यसले जनवरी २९ मा भएको घातक भागदौडलाई रोक्न सकेन । उक्त भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भयो र ९० अन्य घाइते भए ।

मृत्युहरूले आदित्यनाथ र उहाँको सरकारको कार्यक्रम उत्कृष्ट व्यवस्थापनको दाबीमाथि धब्बा लगायो ।

घटनास्थलको ग्राफिक टेलिभिजन फुटेजका बावजुद अधिकारीहरूले घन्टौँसम्म कोही पनि गम्भीर रूपमा घाइते नभएको जिकिर गरे ।

यो उत्सव अमृतको कलश नियन्त्रणका लागि देवता र दानवहरूबीचको युद्धसम्बन्धी हिन्दू पौराणिक कथामा आधारित छ ।

तीर्थयात्रीहरू पवित्र स्नानले उनीहरूलाई मोक्ष प्राप्त गर्न मद्दत गर्ने विश्वास गर्छन् ।