१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

भारतमा ४२ करोड तीर्थयात्रीले कुम्भ मेलाको भ्रमण गरे

भारतमा ४२ करोड तीर्थयात्रीले कुम्भ मेलाको भ्रमण गरे
अ अ+ अ-

एजेन्सी । भारत सरकारले शुक्रबार विश्वको सबैभन्दा ठूलो धार्मिक उत्सवमा ४२ करोडभन्दा बढी तीर्थयात्रीले धार्मिक स्नान गरेको बताएको छ । आयोजक अधिकारीहरूले कृत्रिम बौद्धिकता (एआई) र निगरानी क्यामेरा प्रयोग गरेर गणना गरिएको अनुमान गरेका छन् ।

संयुक्त राज्य अमेरिका र क्यानाडाको जनसङ्ख्याभन्दा बढी यो अचम्मको सङ्ख्याको स्वतन्त्र रूपमा पुष्टि गर्न सम्भव छैन । यो एक अर्ब ४० करोड जनसङ्ख्या भएको विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रका लागि पनि आश्चर्यजनक तथ्याङ्क हो ।

“त्रिवेणी सङ्गममा ४२ करोडभन्दा बढी भक्तजनले डुबुल्की लगाए”, गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गमलाई उल्लेख गर्दै सरकारको प्रेस सूचना ब्युरोले भन्यो ।

उत्तरी सहर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजना हुने प्रार्थना र स्नानको छ हप्ता लामो हिन्दू उत्सव कुम्भ मेला अझै दुई हप्ताभन्दा बढी समय बाँकी छ । यो जुन फेब्रुअरी २६ मा समाप्त हुँदैछ ।

भारतमा धर्म र राजनीति गहिरो रूपमा जोडिएका छन् । आलोचकहरूले यो उत्सवलाई हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको साख बढाउन प्रवद्र्धन गरिएको बताउँछन् । प्रधानमन्त्री मोदीले आफैँ बुधबार पवित्र स्नान गर्नुभयो ।

मोदीका निकट सहयोगी एवं भारतीय जनता पार्टी (भाजपा) कै आक्रामक साधु योगी आदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ र उत्तर प्रदेशमै यो उत्सव भइरहेको छ ।

आयोजकहरूले क्यामेराहरूको नेटवर्क र माथिबाट उड्ने ड्रोनहरू प्रयोग गरिरहेको बताएका छन् । एआई प्रणालीहरूले भक्तजनहरूको सङ्ख्या गणना गर्न र भीड व्यवस्थापन गर्न डाटा प्रशोधन गरिरहेका छन् ।

तर त्यसले जनवरी २९ मा भएको घातक भागदौडलाई रोक्न सकेन । उक्त भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भयो र ९० अन्य घाइते भए ।

मृत्युहरूले आदित्यनाथ र उहाँको सरकारको कार्यक्रम उत्कृष्ट व्यवस्थापनको दाबीमाथि धब्बा लगायो ।

घटनास्थलको ग्राफिक टेलिभिजन फुटेजका बावजुद अधिकारीहरूले घन्टौँसम्म कोही पनि गम्भीर रूपमा घाइते नभएको जिकिर गरे ।

यो उत्सव अमृतको कलश नियन्त्रणका लागि देवता र दानवहरूबीचको युद्धसम्बन्धी हिन्दू पौराणिक कथामा आधारित छ ।

तीर्थयात्रीहरू पवित्र स्नानले उनीहरूलाई मोक्ष प्राप्त गर्न मद्दत गर्ने विश्वास गर्छन् ।