२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ। कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति अम्मरबहादुर थापाले तोकिएको समयभित्रै १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्नेगरी आवश्यक काम शुरु गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभयो । त्यसका लागि द्रुत स्तरमा काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो समितिको चाहना समयमै खेलकुद होस् भन्ने हो । समयमा खेलकुद गर्न कसरी फास्टट्रयाकमा जान्छ, खेलकुद मन्त्रालय, अर्थ मन्त्रालयलाई विशेष बढी प्रेसर हुनेछ । यसका फास्टट्रयाकमा जाने विधि र प्रक्रिया के हुन् । अर्थ मन्त्रालयबाटै खोलेर २३ गते नै सक्नेगरी काम गर्नुपर्छ । तोकिएकै समयमा १० औं राष्ट्रिय खेलकुद गर्न फास्टट्रयाकमा जानुहोला । कसरी हुन्छ त्यो व्यवस्था मिलाउनुस् ।’

गत मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा १० औं राष्ट्रिय खेलकुदको आयोजना मिति तोकिएको थियो । तोकिएको समयमा भौतिक पूर्वाधारहरु निर्माण गर्न नसक्दा सरकारले चैत्र २३ गतेबाट गर्ने घोषणा गरिएको थियो । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदबाट १० औं राष्ट्रिय खेलकुद कर्णालीले गर्नेगरी झण्डा हस्तान्तरण गरिएको थियो ।