२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभाडा नदिएको निहुँमा घरबेटीले गरे डेरामा बस्नेको हत्या



अ+ अ-

काठमाडौँ । पाल्पामा १४ रुपैयाँ घरभाडा नदिएको निहुँमा घरबेटीले डेरामा बस्ने एक जनाको हत्या गरेको छ ।

तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन् ।

विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले बताए ।

बुढाथोकी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आएका थिए । पछिल्लो समय १४ सय रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी हत्या गरेको खुलेको छ ।

विष्टमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।