काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले प्रधानमन्त्री ओली र सभापति देउवालाई छुट्टा छुट्टै भेट गरेका हुन् ।
अध्यादेशबारे निर्णय लिन आज बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बस्दै छ । उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा गठन भएको कार्यदलले अध्यादेशबारे तयार पारेको प्रतिवेदन आजको बैठकमा पेस गर्ने बताईएको छ । सांसदहरूसँगको छलफलपछि पार्टीले अध्यादेशबारे आधिकारिक निर्णय सार्वजनिक गर्ने बताईएको छ ।
आज प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले ल्याइएको अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।










