२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले बुधबारबाट सुरु भएको थुनछेक नसकिएपछि आजका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापा तथा जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए ।

आज बहस गर्न बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्नेछन् । त्यसपछि रविपक्षका वकिलहरूले बहस गर्नेछन् ।