२५ श्रावण २०८३, सोमबार
,
Latest
झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । जिल्ला अदालत चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले बुधबारबाट सुरु भएको थुनछेक नसकिएपछि आजका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका थिए । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहन्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापा तथा जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेका थिए ।

आज बहस गर्न बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्नेछन् । त्यसपछि रविपक्षका वकिलहरूले बहस गर्नेछन् ।