• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस्

मोहम्मद सलाहको ह्याट्रिकमा शान्दार जित



लन्डन । मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले इंग्लिस प्रिमियर लिग नयाँ सिजनको आफ्नो पहिलो खेलमा लिड्स युनाइटेडलाई शनिबार ४–३ ले हराएको छ । दोस्रो डिभिजन च्याम्पियनसिप विजेता लिड्सको प्रिमियर लिग विजेता लिभरपुलविरुद्धको खेल बहुप्रतिक्षित थियो र यो सबैको अपेक्षा अनुसार रोमाञ्चक र सनसनीपूर्ण पनि रह्यो । मार्सेलो बिएल्साको लिड्सले १६ वर्षपछि पहिलो पल्ट माथिल्लो डिभिजनमा पुनरागमन गरेको थियो ।

खेलको सुरुआती ३३ मिनेटमा पाँच गोल भएका थिए ।सलाहले पेनाल्टीबाट पहिलो गोल गरेपछि लिड्सका लागि ज्याक ह्यारिसनले बराबरी गोल फर्काए । लगतै भर्जिल भान डाइकले गोल गरे र उनले दिएको पेनाल्टीमा प्याट्रिक बामफोर्डले फेरि लिड्सका लागि बराबरी गरे । सलाहको दोस्रो व्यक्तिगत गोलपछि लिड्सबाट फेरि म्याथुज क्लिचले तेस्रो पल्ट खेल बराबरीमा ल्याए । यस्तोमा सलाहले ८८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे र डिफेन्डिङ च्याम्पियनलाई विजयी सुरुआत दिए ।

शनिबार रातिको अर्को खेलमा न्युकासल युनाइटेडले वेस्ट ह्यामलाई २–० ले हरायो । यस्तै क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १–० ले पराजित गर्‍यो ।