• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

भाजपाले योगी आदित्यनाथलाई गोरखपुरबाट प्रतिस्पर्धा गराउने



एजेन्सी । सबै अड्कलबाजीबीच भारतीय जनता पार्टी (भाजपा) ले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आफ्नो राजनीतिक प्रभाव क्षेत्र गोरखपुरबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ  । 

गोरखपुरबाट नै  उहाँले लगातार सन् २०१७ सम्म पाँच कार्यकालका लागि लोकसभामा प्रतिनिधित्व गर्नुभएको थियो । 

मध्यान्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका मन्त्री तथा भाजपा उत्तर प्रदेश निर्वाचनका लागि जिम्मेवार धर्मेन्द्र प्रधानले पहिलो चरणमा ५८ सिटमध्ये ५७ र दोस्रो चरणमा ५५ मध्ये ४८ सिटका लागि उम्मेदवारको सूची सार्वजनिक गर्नुभएको छ । 

भाजपाले प्रयागराजस्थित सिराथु निर्वाचन क्षेत्रबाट उपमुख्यमन्त्री केशवप्रसाद मौर्यलाई मैदानमा उतारेको छ भने मन्त्री श्रीकान्त शर्माले मथुराबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ । यसअघि कहिल्यै विधानसभाका लागि निर्वाचन नलडेका आदित्यनाथले अयोध्या वा मथुराबाट प्रतिस्पर्धा गर्न सक्ने अनुमानहरू गरिएको थियो । 

भाजपा नेता हरनाथसिंह यादवले पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पत्र लेखेर मथुराबाट मुख्यमन्त्रीको सम्भावित उम्मेदवारको घोषणासहित उभ्याउन आग्रह गर्नुभएको थियो । 

सन् २०१७ को निर्वाचनमा भाजपाले मुख्य मन्त्रीको सम्भावित उम्ेमदवार घोषणा नगरिकन ४०३ सदस्यीय उत्तर प्रदेश विधानसभामा ३०० भन्दा बढी सीट प्राप्त गरेको थियो । भाजपाको चुनावी अभियानमा निर्णायक भूमिका निर्वाह गरेका आदित्यनाथले २६ मार्च २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो । 

आदित्यनाथले सन् १९९८ मा पहिलो पटक गोरखपुरबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरी २६ वर्षकै उमेरमा १२ औं लोकसभामा सबैभन्दा कान्छा सांसद बन्नुभएको थियो । उहाँ नगरको गोरखनाथ मन्दिरका मुख्य पुजारी हनुहुन्छ । उहाँले आफ्नो धर्मपिता महन्त अवैदनाथको मृत्युपछि सेप्टेम्बर २०१४ मा यो जिम्मेवारी ग्रहण गर्नुभएको थियो । 

गोरखपुरका जनताले पुजारी र राजनीतिज्ञको रूपमा उहाँको छविलाई थप प्रभावशाली बनाउन मुख्यमन्त्रीलाई सघाउने बताएका छन् । 

भाजपा स्रोतका अनुसार आदित्यनाथलाई गोरखपुर नगरको प्रतिनिधित्व गर्नेगरी विधान सभाका लागि प्रतिस्पर्धामा उठाइने छ ।

विगतमा भाजपा उम्मेदवारहरू उदयप्रताप दुबे, रामलाल भाई, अवधेशकुमार श्रीवास्तव, सुनिल श्रेष्ठ, शिवप्रताप शुक्ल र राधा मोहनदास अग्रवालले पार्टीका लागि गोरखपुर (शहरी) सिट सुरक्षित गरेका थिए । 

राधा मोहनदास अग्रवालले सन् २०१७ मा भाजपाको टिकटमा गोरखपुरको शहरी  सीटबाट ५५(८५ प्रतिशत मत ल्याएर विजयी हुनुभएको थियो । 

उत्तर प्रदेशका ४०३ वटा विधानसभा निर्वाचन क्षेत्रका लागि निर्वाचन फागुन १० गतेदेखि सात चरणमा हुने निर्वाचन आयोगले बताएको छ । उत्तर प्रदेशको विधान सभाको निर्वाचन फेब्रुअरी १०, १४, २०, २३, २७ र माघ ३ र ७ गते सात चरणमा हुनेछ । मतगणना मार्च १० बाट सुरू गरिनेछ ।