३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.66

Wind: 4.12

Humidity: 31

Latest
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन नेप्से परिसूचकमा २१ अङ्कको गिरावट राजश्व उठाएर खर्च धान्न सकस पर्यो, बजेट निर्माणमा अनुशासनतर्फ फर्कन विलम्व नगरौंः अर्थमन्त्री नेपालमा छिटै राजतन्त्र फर्किन्छः बाबा कालिदास मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरीबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा पोखिएको काँग्रेसको तुस



अ+ अ-

काठमाडौँ: नेपाली काँग्रेसले कोशी प्रदेशस्तरीय भेला विराटनगरमा राख्यो गत पुसमा । सभापति शेरबहादुर देउवा त्यहाँ पुगे र सो सम्मेलनलाई सम्बोधन गरे । तर त्यहाँ काँग्रेसका नेता डा शेखर कोइराला भने थिएनन् ।

यो देखेर त्यहाँ पुगेका कोशी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारी, स्थानीय निकायका पदाधिकारी एवं सो प्रदेशका केन्द्रीय नेताहरु तीन छक परे । जब कार्यक्रमको उद्घाटन सत्र सुरु भयो र एकाएक आसन ग्रहणका लागि नाम आयो, त्यहाँ शेखर कोइरालाको नाम तीन पटक पढियो । तर उनी कतै पनि नदेखिएपछि कार्यक्रम सञ्चालक अगाडि बढे र अर्का नेतालाई मञ्चमा आउन आह्वान गरे ।

कार्यक्रम स्थलमा एकापसमा कानेखुसी सुरु भयो, शेखर दाई खोइ ? भनेर । थाहा पाउने कतिपयले शेखर कोइराला चितवनमा भएको खबर गर्दै थिए भने कतिले यसलाई अचम्म मान्दै थिए । त्यस दिन डा शेखर चितवनमै पार्टीको अर्काे कार्यक्रममा थिए । सो दिन बिहानै उनले फेसबुकमा आफू त्यस दिन चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन जाने जानकारी गराएकै थिए । त्यो जानकारी विराटनगरको कार्यक्रमप्रति लक्षित थियो ।

विराटनगर काँग्रेसका लागि एक ऐतिहासिक स्थल हो । कृष्णप्रसाद कोइरालाको गृहनगर, जहाँका काँग्रेसका संस्थाप बिपीदेखि गिरिजाप्रसाद कोइरालासम्म हुर्के बढेका हुन् र काँग्रेसको संगठन गरेका हुन् । त्यहीँ आयोजना गरिएको काँग्रेसको र त्यो पनि कोशी प्रदेशस्तरको सभामा शेखर कोइराला नै उपस्थित नहुनु आश्चर्यकै कुरा थियो । तर भयो ।

तर सभापति देउवाले भने बडो सुझबुझपूर्ण राजनीतिक चरित्र देखाए र भोलिपल्ट शेखरको घर पुगे । कोइराला निवास बसे र चिया पिए । उनको पछि लागेर कोशीका अधिकांश नेताहरु शेखरको घर पनि पुगे । सायद त्यसले शेखरलाई निकै नै अप्ठेरो महसुस भएको थियो भन्ने कुरा पछि उनका सहयोगीले सुनाएका थिए । किनभने उनी जानाजानी सो भेलामा नगएका थिए तर आफ्नै निवासमा धेरै नेता पुग्दा उनले अप्ठेरो महसुुस गरेका थिए । धेरैले उनलाई पार्टीमा विभाजन ल्याउने प्रयत्न भएको समेत भनेका थिए ।

त्यसो त त्यसको केही दिनमात्र अघि शेखरले नै कोशीका स्थानीय निकायका काँग्रेसका पदाधिकारीहरुको भेला बेलाएका थिए, जुनकुरा सभापति देउवाले थाहा नपाएको बताएका थिए । सो भेलामा पनि उनले पार्टी सभापतिले कारबाही गर्लान् भनेर नडराउन भनेका थिए । यदि पार्टीले कारबाही गरे आफूले त्यसको प्रतिबाद गर्ने डा शेखरले बताएका थिए ।

त्यस्तै देखियो सोमबार र मंगलबार पोखरामा पनि । पोखरामा देशभरका काँग्रेसका जिल्ला सभापतिहरुको भेला पार्टीले बोलाएको थियो र हिजो सम्पन्न पनि भयो । तर त्यहाँ शेखर भने देखिएनन् । उनले सार्वजनिक रुपमा नै आफूलाई कसैले पनि नबोलाएको बताएका छन् । आफू नजानुको कारणमा उनले पार्टी सभापति देउवाले खबर नगरेको भनेका छन् । तर पार्टीले भने सबै केन्द्रीय सदस्य एवं पदाधिकारीहरुलाई एकैमुष्ट खबर गरेको जनाएका छन् । यसमा उनले पार्टी सभापतिलाई नै दोष दिएका छन् ।

उता पार्टीको संस्थापन इतर पक्ष भने पोखरामा नबोलाएको भन्दै चिढिएको छ । काँग्रेसले पोखरामा मङ्गलबारदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रममा नबोलाएको भन्दै शेखर पक्षका नेता गुरु घिमिरेले पनि आज रोष पोखेका छन् ।

उनले पार्टीको आयोजनालाई गुटको भेलामा परिणत गर्न खोजिएको आरोप लगाएका छन् । ’पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरू समेत चुइँक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको छ,’ उनले फेसबूकमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्– यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्वगणको हामीले जे गरे पनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ । तथापि पार्टी भनेको पद ओगटेका दुई–चार व्यक्ति मात्र होइनन्, मूलतः आठ लाख साठी हजार क्रियाशील सदस्य हुन् । पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न नसक्नु नेतृत्वको अफलता हो ।

यता पार्टीका महामन्त्री गगन थापाले काँग्रेस नेता डा.शेखर कोइराला र आफू आजका दिनसम्म एकैठाउँ रहेको बताएका छन् । काँग्रेसका जिल्ला सभापति र जनप्रतिधिहरूका लागि पोखरामा सञ्चालन भएको दुई दिने प्रशिक्षण कार्यक्रमपछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो भनाइ राखेका हुन्।

थापाले समूहको कुरा हुँदा आफू अहिले पनि कोइरालाकै साथमा रहेको बताए । महामन्त्री थापाले सञ्चारकर्मीसँग भने, ‘१५ औँ महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ । म चाहिँ त्यहीँ छु, म भएको ठाउँमै शेखर कोइराला डाक्टर साब पनि हुनुहुन्छ भन्ने ठान्छु । रहने–नरहने भन्ने कुरा आ–आफ्नो व्यक्तिगत छनौटको कुरा भयो,’ उनले भने ।

पोखरामा शेखरको अनुपस्थितिको चर्चापछि पत्रकारले कांग्रेसका दुई नेताबीच दूरी बढेको हो भनी सोधेको प्रश्नमा थापाले पोखरामा यस्तो प्रश्टोक्ति दिएका हुन् ।

काँग्रेसको महाधिवेशन अलिक चाँडै आएको अभिव्यक्ति धेरैको छ । यसै मेसोमा पार्टीभित्र खासगरी यस्ता सार्वजनिक कार्यक्रमहरुमै तुस पोख्ने काम जारी छ । पार्टीका कार्यक्रमहरुमा शेखर कोइराला उपस्थित हुन छोडेपछि यसको असर काँग्रेसको देउवा मात्र नभएर कोइराला समूहमा पनि असर परिरेहको धेरैको विश्लेषण छ । यसैबेला हिजो १४ औँ महाधिवेशनका एकजना सारथि पार्टी महामन्त्री गगन थापाले शेखर गुट बदलेर देउवासमक्ष पुगेका छन् । अहिले देउवाले महामन्त्रीलाई यसरी सवारीमन्त्री बनाएका छन् कि कुनै पनि कार्यक्रम गगन बिना हुदैन, हुने गरेको छैन । त्यसपछि झनै तिल्मिलाएका छन् शेखर र उनको पक्ष ।

उसो त देउवा गुटभित्र पनि सोचेजस्तो चयन भने छैन । यता गगनको गृह प्रवेशसँगै उता पूर्णबहादुहरुले आफ्नो देउवाको विरासत धान्ने मनोकांक्षा अपूर्ण हुने आशंकाले सताइएका छन् । यदि आगामी १५ औँ महाधिवेशनसम्म नै गगन देउवा समूहको वरपर रहे भने त्यसले पहिलो र प्रत्यक्ष असर पार्ने पूर्णबहादुर र उनको गुटलाई नै हो । त्यसैले यतिखेर देउवा गुटभित्र पनि तितरबितरको तँछाडमछाड देखिँदैछ । कतिपय नेताहरु शेखरको शरणमा पुगेका खबरहरु आइनै रहेका छन् । यसकारण पनि ठाउँमै तुस पोख्न शेखर गौँडा कुरेरै बसेजस्ता देखिन्छन् । त्यसैको एउटा किस्ता हिजो र अस्ति पोखरामा देखिएको हो ।

तस्बिरः गोपाल दाहाल/रासस