
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पोखरामा आयोजित कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिको अभिभूखीकरण कार्यक्रम जग हँसाई भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक संञ्जालमा घिमिरेले लेख्नु भएको छ -अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको छ।यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ।
उहाँले लेख्नु भएको छ-
नेपाली कांग्रेसको सात प्रदेश सभापति,उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुदै पनि उदेकलाग्दो देखिएको छ।यसले पार्टी परम्परा र संस्कारलाई बलपूर्वक भत्काउने कोशिस गरेको छ।यसअघि कोशी प्रदेशमा यस्तै अभ्यास गरिएको थियोे।यस्ता अभ्यासले पार्टीको बागडोर लिएका जिम्मेवार नेतृत्व गणको हामीले जे गरेपनि हुन्छ भन्ने अभिमानलाई झल्काउँछ र आउने पुस्तालाई अराजक बन्न प्रेरित गर्छ।तथापि पार्टी भनेको पद ओगटेका दुई चार व्यक्ति मात्र होइनन्,मूलत:आठ लाख साठी हजार कृयाशिल सदस्य हुन्।पार्टी भित्रकोआफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिड्न नसक्नु नेतृत्वको अफलता हो।पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुँइक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाई भएको छ।जय नेपाल !!
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मंगलबार बाट सुरु भएको अभिमुखीकरण कार्यक्रम बुधबार समापन हुदैछ ।