२५ माघ २०८१, शुक्रबार
,
Latest
मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको छ : अध्यक्ष प्रचण्ड भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्छ : मन्त्री गुरुङ चलचित्र अध्ययन गर्ने १६ विद्यार्थीलाई छात्रवृत्ति करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए हिउँदमा मनाङ घुम्न आए ४६ देशका पर्यटक कानुन व्यवसायी परिषद्को पार्षद्का लागि शनिबार निर्वाचन अर्जुन ट्रफी क्रिकेट : शनिबारदेखि सेमिफाइनलका खेल झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानल साइबर ब्युरोमा मीनबहादुर विश्वकर्माविरुद्ध धरान मेयर राईले हाले अख्तियारमा उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो



अ+ अ-

भक्तपुर । नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले आज भक्तपुर अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष ९गाइनो वार्ड० को अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा अधिराजकुमारी सोफीयाले प्रसूति सेवाबारे विस्तुत रूपमा जानकारी लिनुभएको थियो । उहाँले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिका बारेमा जानकारी दिनुभएको थियो ।

प्रसूति कक्षमा भर्ना भएका नवजात शिशुलाई बोकेर उहाँले अस्पतालले दिएको सेवा प्रशंसनीय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । यौन दुव्र्यवहार र हिंसामा परेका महिलाका बारेमा चासो लिँदै उहाँले हिंसा पीडित महिलाको व्यवस्थापन, पारिवारिक मिलन, सामाजिक पुनःस्थापनालगायत पक्षका बारेमा छलफल गर्नुभएको थियो ।

अधिराजकुमारी सोफीयाले बिना पारिश्रमिक महिला स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्‍याइरहेको योगदानको प्रसंशा गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवामा अस्पतालले दिँदै आएको सेवा र योगदानप्रति खुसी व्यक्त गर्नुभयो ।

प्रसूति सेवामा भएको विकास र अस्पतालले प्रयोगमा ल्याएको आधुनिक प्रविधि र उपकरणका बारेमा जिज्ञासा राख्नुका साथै अधिराजकुमारी सोफीयाले बेलायत सरकारको सहयोगमा निर्माण भएको नयाँ भवन र स्तरोन्नति ‘रेक्टोफिटिङ्ग’ गरिएको भवनको समेत अवलोकन गर्नुभयो ।

अवलोकनपछि छलफलका क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका १३ वटै अस्पतालमा प्रसूति कक्षलाई आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचनाका लागि काम भइरहेको बताउनुभयो ।

मन्त्रालयका स्वस्थ्य सचिव डा सुमित्रा गौतमले भक्तपुर अस्पताल मुलुकको नमूना अस्पताल बनाउन सफल भएको उल्लेख गर्दै प्रदेशका सबै अस्पतालको विकासमा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले भक्तपुर अस्पतालले भक्तपुरका मात्रै नभई पूर्वदेखिका बिरामीलाई सवा दिइरहेको बताउदै अस्पतालले एमआरआई, सिटी स्क्यान, डायलोसिस मेशिन सञ्चालनमा ल्याउन पाए बिरामीले धेरै राहत पाउने बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले सोफीयालाई अस्पतालले प्रजनन् स्वास्थ्यमा पुर्‍याउँदै आएको सेवा र अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले यौन तथा लैङ्गिक हिंसामा परेका महिलाको स्वास्थ्य परीक्षण र उपचार गरी सुरक्षित घर ९सेभहाउस० मा पठाउने, मनोपरामर्श दिने, परिवार र समाजमा पुनःस्थापना गराउनेलगायत कार्य गर्दै आएको बताउनुभयो ।

अधिराजकुमारी सोफीयले भक्तपुर अस्पतालको सेवाका बारेमा जानकारी लिँदै बिरामीसँग कुराकानी गर्नुभयो । सोफीयासँगै बेलायत राजदूतावासका स्वास्थ्य सल्लाहकार डिएगो मोरोसो, दूतावासका समन्वयकर्ता दीपक कार्कीलगायत टोलीले अस्पतालको अवलोकन गर्नुभएको अस्पताल स्रोतले जनाएको छ ।

मङ्गलबार नेपाल आउनुभएकी अधिराजकुमारी सोफीय काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको छ ।