३० श्रावण २०८३, शनिबार
,
Latest
एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा नौ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका–५ का २६ वर्षीय अर्जुन गुरूङ, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका–४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकबाट नियन्त्रित लागुऔैषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र नगद रु आठ हजार ४०० सहित दुई जनालाई पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका–११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ ।

चार सय २९ किलो ग्राम गाँजा बरामद

यसैबीच, धरान उपमहानगरपालिका–६ पानमारा जङ्गलस्थित सडकबाट चार सय १० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा।१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट १९ किलोग्राम गाँजा बरामद भएको छ ।