२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा नौ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट नौ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका–५ का २६ वर्षीय अर्जुन गुरूङ, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका–४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकबाट नियन्त्रित लागुऔैषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र नगद रु आठ हजार ४०० सहित दुई जनालाई पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको गौरीगङ्गा नगरपालिका–११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ ।

चार सय २९ किलो ग्राम गाँजा बरामद

यसैबीच, धरान उपमहानगरपालिका–६ पानमारा जङ्गलस्थित सडकबाट चार सय १० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा।१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट १९ किलोग्राम गाँजा बरामद भएको छ ।